विश्वमै कोरिया पुरुष सौन्दर्यको ‘हब’ 



एजेन्सी: दक्षिण कोरियाली पुरुषहरु लामो समयदेखि सौन्दर्य सामाग्रीको उपयोग गरिरहेका छन्। पश्चिमा देशहरुमा भने पुरुष सौन्दर्यता व्यापार फस्टाउन सकेको छैन । दक्षिण कोरियाले बितेको एक दशकयता पुरुष सौन्दर्य सामाग्री उपभोग गर्ने देशको नेतृत्व गरिरहेको छ। त्यहाँको पुरुष सौन्दर्य बजार यति फस्टाएको छ कि यूरो मनिटर तथ्यांकअनुसार दक्षिण कोरियामा सन् २०११ देखि २०१७ को ६ वर्षको अवधिमा ४४ प्रतिशतले सौन्दर्य सामाग्रीको व्यापार वृद्धि भएको छ ।  

ग्लोबल डाटाले गरेको सर्वेक्षण अनुसार कोरियाका तीन चौथाई पुरुष जनसंख्याले सौन्दर्य सामाग्री खरिद   उनीहरु कपाल मिलाउनेदेखि, फेसिएल तथा महिलाले आफ्नो सौन्दर्यका उपयोग गर्ने सबै सामाग्री प्रयोग गर्दछन् । सन् २००० मा जन्मिएका ५८ प्रतिशत पुरुषहरु यतिबेला सौन्दर्यमा ध्यान दिन्छन् । समग्रमा ३४ प्रतिशत पुरुषहरु महिला सरह आफ्नो सौन्दर्यका लागि ब्युटी पार्लर धाउने देखि अन्य सौन्दर्य प्रवद्र्धक कार्यमा संलग्न छन् ।पुरुष सौन्दर्यको संस्कार अचानक बढेपछि यससम्बन्धी अनुसन्धान थालियो ।

दक्षिण कोरियास्थित अष्ट्रलियन नेसनल यूनिभर्सिटीका निर्देशक रोनाल्ड म्यालिङ्केका अनुसार दक्षिण कोरियामा फस्टाउँदो पप संगीतका कारण पुरुषहरु सौन्दर्य बजारमा होमिएका हुन् । सौन्दर्यको संस्कार यतिबेला पश्चिमा मूलुकहरुमा फैलदै गइरहेको छ । पश्चिमा पुरुषहरु आँखाको परेला मिलाउने लगायत छालाको हेरचाहामा आजभोली निकै सक्रिय देखिएका छन् । फ्रान्सको फेसन कम्पनी चेनलले ‘बोइ डि चेनल’ अर्थात् पुरुषका लागि सौन्दर्य सामाग्री बनाएको छ। यस सौन्दर्य सामाग्रीहरु अमेरिकामा समेत अनलाईन किन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्