images

चिहानभित्र भेटियाे साढे २ हजार वर्ष पुरानो अन्डा, डिएनए परीक्षणकाे तयारी

द नेपालटप | प्रकाशित: २०७५-१२-१३ गते
चिहानभित्र भेटियाे साढे २ हजार वर्ष पुरानो अन्डा, डिएनए परीक्षणकाे तयारी

नानजिङः पुरातत्वविद्हरुले चीनको जियाङ्सु प्रान्तमा २ हजार ५ सय वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको सोमबार जनाएका छन्। उत्खनन‌्‌का क्रममा अन्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो।

नानजिङ म्युजियम इन्स्टिच्युट अफ आर्कियोलोजीका अनुसन्धाताहरुले लियाङ सहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन् गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अन्डा फेला परेको बताएका छन्। मानिसको हातले छुँदा अन्डा फुट्ने त्रासका कारण अन्डा गणना गर्न एक्सरेको प्रयोग गरिएको एक जना पुरातत्वविद् झाओ हेङमिङले बताए।

'सेतो र पहेंलो अवस्थामा भेटिएका ती अन्डा सडेको अवस्थामा छन्, तर नुनमा डुबाइएको थियो वा थिएन भन्ने बारेमा डिएनए परीक्षण गर्ने तयारी भइरहेको छ', उनले भने। अन्डाका शौखिन व्यक्तिको निधन भएपछि उनकै सम्झनामा भाँडोमा अन्डा राखेर सँगै गाडिएको हुनसक्ने अनुसन्धाताहरुको भनाइ छ।

प्राचीन चिनियाँ चिहानहरुमा अन्डा भेटिएको यो पहिलो पटक भने होइन। तर, अन्डा नफुटेको अवस्थामा बिरलै पाइन्छ। वैज्ञानिकहरुका अनुसार यति लामो अवधिसम्म अन्डाको बाहिरी भाग सुरक्षित रहनु निकै कठिन हो।

सन् २०१५ मा चीनको दक्षिणपश्चिम गुइझाओ प्रान्तमा पुरातत्वविद्हरुले २ हजार वर्षभन्दा अघिको चिहानमा पनि अन्डा फेला पारेका थिए। तर, उत्खननका क्रममा हातले छोएका कारण त्यस अन्डाको बाहिरी भाग फुटेको थियो।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

जंगल सफारी गरिरहेका पर्यटकको गाडीमा हात्तीले आक्रमण गरेकाे भिडियो भाइरल...

जंगल सफारी गरिरहेका पर्यटकको गाडीमा हात्तीले आक्रमण गरेकाे भिडियो भाइरल...

काठमाडौं : दक्षिण अफ्रिकामा जंगल सफारी गर्न गएका पर्यटकहरूको एक समूहमाथि हात्तीले आक्रमण गरेको भिडियो सार्वजनि..

महिला मात्र बस्ने अनौठो टापु, जहाँ पुरुषलाई जान बन्देज छ

महिला मात्र बस्ने अनौठो टापु, जहाँ पुरुषलाई जान बन्देज छ

काठमाडाैं : के तपाइँले दुनियाको यस्तो कुनै ठाउँको बारेमा सुन्नुभएको छ, जहाँ केवल महिला मात्र जान सक्दछन् ? महि..

टिकटकमा भुल्ने कर्मचारीको तलब कटौती

टिकटकमा भुल्ने कर्मचारीको तलब कटौती

काठमाडौं : टिकटकका बारेमा अनेक खालका समाचार आइरहन्छन् आज भोलि। अहिले फेरि यस्तो खबर आएको छ कि त्यो सुन्नुभयो भ..

धाईआमाले शिशुमाथि गरिन् चरम दुर्व्यवहार (भिडियो)

धाईआमाले शिशुमाथि गरिन् चरम दुर्व्यवहार (भिडियो)

काठमाडौं : चीनमा एक धाईआमाले आफ्नो मालिकको शिशुलाई बारम्बार दुर्व्यवहार गरेकी छन्। रजस्वला सुकेका कारण आफूले य..

बुवाले बाइक नकिन्दिएपछि घर छाडेर हिँडेका छोराले भने,‘पैसा कमाउन निकै गाह्रो रहेछ‍‍’

बुवाले बाइक नकिन्दिएपछि घर छाडेर हिँडेका छोराले भने,‘पैसा कमाउन निकै गाह्रो रहेछ‍‍’

काठमाडाैं : म एकदिन घरमा यस्तो रिसाएँ कि अब ठुलो नभएसम्म कहिले फर्किन्न भनेर घर छाडेर हिँडे। रिसको कारण थियो मेरो ब..

सिंह मारेर चुम्बनको फोटो खिच्ने ढुंगाको मुटु भएका जोडी

सिंह मारेर चुम्बनको फोटो खिच्ने ढुंगाको मुटु भएका जोडी

काठमाडौं : क्यानडाको एक जोडीले दक्षिण अफ्रिकामा सिंह मारेर त्यसको लाशपछाडि बस्दै चुम्बन गरेको फोटो खिचेको छ।&n..