प्रजापती कुम्हार संघको सातौं महाधिवेशन हुँदै, राज्यले विभेद गरेको गुनासो



काठमाडाैंः नेपाल प्रजापती कुम्हार संघले सातौं महाधिवेशन गर्ने भएको छ । मधेसी समुदायअन्तर्गत पर्ने यो जाति देशभर लगभग सवा लाखको संख्यामा रहेको बताइएको छ। यही चैतको २२ र २३ गते वीरगन्जस्थित टाउन हलमा महाधिवेशन हुने संगठनका अध्यक्ष रामानन्द पण्डितले जानकारी दिए।  

महाधिवेशनमा देशभरका १९ जिल्लाबाट प्रतिनिधि सहभागी हुने संघका अध्यक्ष पण्डितले बताए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले महाधिवेशनको उद्घाटन गर्ने पनि उनले जनाए। महाधिवेशनबाट नयाँ कार्यसमिति चयन तथा विगतका कार्यको समीक्षा गरिने बताइएको छ। 

परापूर्वकालदेखि माटोको भाँडाकुडा बनाउने पुस्तैनी पेसा अँगालेका कुम्हारह? पण्डित, प्रजापती, कुम्हाल, कुमाल, कोहार, पाल, चर्कवर्ती, वर्मालगायत थर लेख्ने गर्छन्। १७ वर्ष क्रियाशीत संघ जातीय रूपमा संगठित भई देशको राजनीतिक, प्रशासनिक, तथा राज्यको प्रत्येक क्षेत्रमा हिस्सेदारीका लागि संघर्षरत छ। आफूहरूलाई राज्यले नागरिकसरह व्यवहार नगरेको अध्यक्ष पण्डितले आरोप लगाए।

साथै आफूहरूलाई आदिवासीमा सूचीकृत गर्न समेत संघले माग गरेको छ। पहाडको कुमाल जातिलाई जनजातिमा सूचीकृत गरिए पनि आफूहरूलाई भने राज्यले विभेद गरेको अध्यक्ष पण्डितले बताए। उनले भने, ‘केन्द्रीय तथ्यांक विभागमा हाम्रो संख्याबारे त्रुटि छ, त्यो पनि सच्याइयोस्।’

अध्यक्ष पण्डितको अपिल ः 

मानव संस्कृतिका उत्पत्ति संगै सृष्टिका निर्माणाधीन कला कौशल एवं माटोका भाँडाकुडा बनाउने तथा पेशालाई मर्यादित बनाउने हाम्रा कुम्हार जातिलाई वेदले प्रजापति लगायत कुम्हार, पण्डित, कुमाल, कुमाले, कोहार तथा अन्य थरले चिन्हाएको कुरा विभिन्न प्रजापति सम्मेलनबाट स्पष्ट हुँदै आएको छ ।

मानिस प्रकृतिका सृष्टिकर्ता होइन तर मानवीय जगतलाई कृत्रिम रुपमा बाच्न बचाउन कला–संस्कृतिमा छर्लङ्ग पार्ने तथा स्वास्थ्य संस्कारलाई व्यापक पार्न हाम्रा कुम्हार जाति प्रति हामी पूर्ण आस्थावान रहनु साझा कर्तव्य हो । हामी हाम्रो जातजाति, धर्म र सम्प्रदायको नाममा वर्ग संघर्षलाई बढाउनु कदापी चाहन्नौ तर प्रजापति वर्गको सेरोफेरोमा रहेको अन्य समुदायलाई सक्दो मिलाएर पेशागत हक हितको संरक्षणमा अत्याधिक जोड दिने कुरा उपयुक्त नै होला भन्ने दुइ मत हुन सक्दैन ।

हामी एक आपसमा मिलेर हाम्रो अधिकार, दायित्व निर्वाह, शान्ति प्रगति एवं समस्त राष्ट्र र विश्व परिवारको भलो चिताउने दायित्व पनि हामी सबैको जिम्मेवारी हो । परम्परागत कला संस्कृतिलाई विकसित एवं व्यापक पारौं, मानवीय प्रेम-सद्भावलाई निरन्तरता प्रदान गरौं एवम् सम्पूर्ण प्रजापति समुदायलाई मर्यादित बनाउन स्वच्छ हृदयले मौकामा निःसन्देह एक अर्कालाई सहयोग गरौं । हामीलाई अझ एकता प्रदर्शन गर्न एवं आफ्नो पेशागत हकहितको संरक्षण र कला संस्कृतिको सम्बद्र्धनको साथै सफल र सक्षम संगठन निर्माण गर्नतर्फ लाग्नु पर्ने देखिन्छ ।

मानव इतिहासमा सृष्टिको शुरु देखि नै प्रजापति, कुम्हारहरु माटोलाई गिलो बनाई चक्रमा राखी आफ्नो आँखाले हेर्न सक्ने सबै प्रकारका प्रतिमा तथा मुर्तिहरु बनाउने कार्य प्रजापतिको आफैमा महत्वपूर्ण छन् । मानवको सबै सभ्यतासंग प्रजापतिहरुले काल–कृति सिर्जना गर्दै आएका ऐतिहासिक प्रमाणहरुलाई अझ प्रभावकारी रुपमा खोज तलास गरी सत्य तथ्यहरुलाई शिलालेखको रुपमा राख्नुपर्ने जरुरी देखिन्छ । नेपालको विभिन्न भूभागमा बस्ने कुम्हार समुदायको सामाजिक एकता, भाइचाराको सम्बन्ध विस्तार, सांस्कृतिक उत्थान, जातीय पहिचान, चेतना अभिवृद्धि, विभेद तथा अपमान र तिरस्कारमा परेकालाई राम्ररी बुझ्न अभिप्रेरित गर्ने विश्वास लिएको छु ।

मधेशमा बसोबास गर्ने प्रजापति र कुम्हारहरुलाई जनजाति सूचीमा समावेश नगरी विभेद गरेको छ । आर्थिक र शिक्षाको स्तर कमजोर रहेको कारण समाजमा अन्धविश्वास असहयोग खेपि रहेको छर्लङ्ग छ । अब पनि हामी प्रजापतिहरुले लोकतान्त्रिक मुलुकमा “सोएर हाइन जागेर । अशिक्षाले होइन् – शिक्षाले । अन्धविश्वासले होइन–आत्मविश्वासले । बेरोजगारीले होइन–शीप रोजगारीले । अनेकताले होइन – एकताले आफ्नो शिक्षा, पेशा, कला–संस्कृति, राजनैतिक, रोजगारी, जस्ता हकहित संरक्षण सम्बद्र्धन गर्न र समता मुलक समाजको निर्माणमा सहयोग गरी समाजका सबै जातजाति, दाजुभाई, दिदी बहिनीहरुसंग मिलिजुली अमन चयन शान्ति साथ जीवनयापत गर्न सक्नु पर्छ ।

आज नेपाल प्रजापति (कुम्भकार) केन्द्रिय कार्य समितिको सातौं राष्ट्रिय महाधिवेशन पर्सा जिल्लाको विरगञ्ज टाउन हलमा यही मिति २०७५ चैत्र २२ र २३ गते सु–सम्पन्न हुन गइरहेको कुरा सर्वविधित छ । तपाइहरुबाट समय समयमा पाएको वयापक सहयोगले स्वजाति बन्धुहरुकै गरिमा बढेकोमा कोही दुई मत हुन सक्दैनौं । समाजमा हाम्रो बन्धुहरुकै गरिमा बढेकोमा कोही दुई मत हुन सक्दैनौं । समाजमा हाम्रो बन्धुहरुको कम जनसंख्या त्यसमा पनि अधिकांश परिवार आर्थिक, सामाजिक, शैक्षिक, रोजगारी तथा राजनैतिक क्षेत्रमा पछाडी परेका छौं परिणाम सांस्कृतिक शिक्षा एवम् जीवनयापनमा प्रत्यक्ष प्रभाव पर्ने गर्दछ ।

हाम्रो यो संगठन कुनै सरकारी वा अर्धसरकारी संगठन होइन, यो त कुम्हार जातिहरुको लागि आवश्यक चेतना शिक्षा, सिप, कला–संस्कृति, मेल–मिलाप, सामाजिक सद्भाव सहयोग आदान–प्रदान आदि जस्ता कार्यको निम्ती विशुद्ध गैर सरकारी सामाजिक संस्था हो । जुन ऐन कानूनको अधिनमा रही अगाडी बढ्नु पर्दछ । मेरो अवधिमा यो कार्यसमितिले गरेका केही कार्यहरुलाई प्रगतिको रुपमा तपाईहरु समक्ष प्रतिवेदन प्रस्तुत गर्दछु ।

 

 

संघका गतिबिधिहरु हेर्नुहाेस्ः

 

 

 

प्रतिक्रिया दिनुहोस्