images

दक्षिण कोरियामा शुरू भयो फाइब जी, फोर जी भन्दा २० गुणा तीव्र

द नेपालटप | प्रकाशित: २०७५-१२-२० गते
दक्षिण कोरियामा शुरू भयो फाइब जी, फोर जी भन्दा २० गुणा तीव्र

एजेन्सी : दक्षिण कोरियाले विश्वमै पहिलो पटक फाईब जी दुरसंचार सेवा विकसित गरेको छ । कोरियाले विकसित गरेको पूर्ण–विकसित पाँचौं पुस्ताको मोबाइल नेटवर्क तीव्र गतिको यस प्रविधिले मोबाइलबाट डाटा ट्रान्सफरमा अभूतपूर्व फड्को मार्ने विस्वास लिएको छ ।

पाँचौं पुस्ताको ताररहीत यस प्रविधिले मोबाइलमा कुराकानी मात्र होइन पाउरोटी सेकाउने टोस्टर मेसिनदेखि टेलिफोन, विद्युतीय कारदेखि विद्युत प्रसारण लाइनसम्मको व्यवस्थापनमा सघाउनेछ । तर दक्षिण कोरियाको यस प्रविधिले संयुक्तराज्य अमेरिका र चीनबाट ठूलै चुनौतीको सामना गर्नुपर्ने छ ।

नवीन प्रविधि विकासमा दक्षिण कोरिया समकालीन विश्वमा निकै अघि मानिन्छ । कोरियाको यो पछिल्लो प्रविधि हालको चौंथो पुस्ताको मोबाइल प्रविधिभन्दा झण्डै २० गुणा ज्यादा तीव्र बेगको हुनेछ । पाँचौं पुस्ताको प्रविधि प्रयोगबाट एक सेकेन्डभन्दा कम समयमा एउटा सिंगो चलचित्र डाउनलोड गर्न सकिनेछ ।

पाँचौं पुस्ताको नेटवर्कका कारण चालकविहीन सवारी साधनदेखि विविध किसिमका विद्युतीय उपकरण स्वचालित रुपमा चलाउन सहज हुनेछ । औद्योगिक रोबोट, ड्रोन र अरु इन्टरनेट आधारित उपकरण चलाउन यस प्रविधिले सहजता ल्याउने छ ।

एक अध्ययन अनुसार पाँचौं पुस्ताको मोबाइल नेटवर्कका कारण सन् २०३४ सम्ममा विश्व अर्थतन्त्रमा करिब ५ खर्ब ६५ अर्ब अमेरिकी डलरको कारोबार हुनेछ ।

संयुक्तराज्य अमेरिकाले चीनको हुवावेमाथि पाँचौं पुस्ताको टेलिकम नेटवर्क खरिद नगर्न विश्व समुदायलाई आग्रह गरिरहेको छ । तीव्र गतिको इन्टरनेटका कारण चीनले विश्वबाटै महत्वपूर्ण सूचना संग्रह गर्ने अमेरिकी दाबी छ ।

तर, चिनियाँ कम्पनी हुवावेले अमेरिकी दाबी असत्य रहेको जनाएको छ । हुवावेले पनि पाँचौं पुस्ताको दूरसञ्चार प्रविधि विकास गरिसकेको छ ।

कोरियाले पाँचौं पुस्ताको टेलिकम प्रविधि विकास गरेको घोषणा गरेकै दिन सामसुङ इलेक्ट्रोनिक्सले पनि पाँचौं पुस्ताको टेलिकम प्रयोग गर्न मिल्ने ग्यालेक्सी एस १० स्मार्टफोन सार्वजनिक गरेको छ ।

दुई सातापछि नै एलजीले पनि भी ५० मोडेलको नयाँ स्मार्टफोन सार्वजनिक गर्दैछ । तर यी स्मार्टफोनको बजार मूल्य बढी हुनेछ । यसै वर्षको अन्त्यतिर ३० लाखभन्दा बढी कोरियालीले पाँचौं पुस्ताको टेलिकम सेवा लिन थाल्ने के.टी. कम्पनीका उपाध्यक्ष ली पिल–जाईले बताएका छन् ।

कोरियामा हालसम्म कुनै पनि कम्पनीले पाँचौं पुस्ताको टेलिकम सेवा देशभर उपलब्ध गराएका छैनन । अमेरिकामा पनि केही ससाना क्षेत्रमा यस्तो सेवा उपलब्ध हुन थालेको छ र यो सेवा वाइफाईबाट मात्र उपलब्ध हुन्छ ।

कतारको टेलिकम कम्पनी उरेडूले दोहामा पाँचौं पुस्ताको टेलिकम सेवा प्रदान गर्न थालेको छ, तर फाइब–जी सेवा सञ्चालन गर्ने उपकरणको अभाव छ ।

अमेरिकी कम्पनी भेरिजोनले अर्को सातादेखि अमेरिकी सहरहरु सिकागो र मिनियापोलिसका मोबाइल उपभोक्ताका लागि पाँचौं पुस्ताको टेलिकम सेवा उपलब्ध गराउँदैछ । यसै वर्षको अन्त्यसम्ममा देशका ३० भन्दा बढी सहरमा यो सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

जापानमा पनि सन् २०१९ भित्रै सीमित क्षेत्रमा फाइब–जी सेवा उपलब्ध गराउने योजना अघि सारिएको छ । अर्को वर्षको टोकियो ओलम्पिक्स अघि नै फाइब–जी सेवा पूर्ण रुपमा उपलब्ध गराउने जापानको तयारी छ ।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

सावधान ! फेसएप प्रयोग गर्दै हुनुहुन्छ? 

सावधान ! फेसएप प्रयोग गर्दै हुनुहुन्छ? 

काठमाडौं : बुढ्यौलीमा तपाई कस्तो देखिनु हुनेछ भन्ने तस्बिर देखाउने ‘फेस एप’ को बारे अहिले सामाजिक..

‘फेसएप’ प्रयोग गर्नेको डेटा असुरक्षित, प्रयोग नगर्न विशेषज्ञहरुको चेतावनी 

‘फेसएप’ प्रयोग गर्नेको डेटा असुरक्षित, प्रयोग नगर्न विशेषज्ञहरुको चेतावनी 

काठमाडौं : बुढेसकालमा तपाइ कस्तो देखिनुहुन्छ भन्ने फेस एप’ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । बुढ्यौल..

बुधबारदेखि महँगिदै इन्टरनेट, कति रकम थपिन्छ ?

बुधबारदेखि महँगिदै इन्टरनेट, कति रकम थपिन्छ ?

काठमाडौं : बुधबारदेखि इन्टरनेट महँगिने भएको छ। इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क(टीएनसी) लाग्ने..

इन्स्टाग्रामबाटै लाखौं डलर कमाउँछन् सेलेब्रेटी, सबैभन्दा बढी कमाउँने को ?

इन्स्टाग्रामबाटै लाखौं डलर कमाउँछन् सेलेब्रेटी, सबैभन्दा बढी कमाउँने को ?

काठमाडाैं : सामाजिक सञ्जालको प्रयोग फोटो पोस्ट गर्न तथा खबर आदारप्रदानको लागि सबैले गर्दै आएका छन्। तर यीनै समाजिक..

फेसबुकलाई ५ अर्ब डलर जरिवाना

फेसबुकलाई ५ अर्ब डलर जरिवाना

वासिङटन : प्रयोगकर्ताका तथ्यांकको गोपनीयता कायम राख्न नसकेको मुद्दामा फेसबुकलाई ५ अर्ब अमेरिकी डलर (साढे ५ खर्..

ट्वीटरमा नयाँ नियम, नयाँ नीति विरुद्धमा हुने पोष्टहरुमाथि प्रतिबन्ध 

ट्वीटरमा नयाँ नियम, नयाँ नीति विरुद्धमा हुने पोष्टहरुमाथि प्रतिबन्ध 

माइक्रोब्लगिङ साइट ट्वीटरले नियम लागू गरेको छ । आफ्नो प्लाटफर्ममा घृणाजन्य सामग्रीहरुमा कमी ल्याउन तथा अमानवीय भ..