भाइरल बनेको समाचार र बच्चाको फोटो



एजेन्सी : पाकिस्तानको मिजोरममा एक बच्चाले साइकल चलाउने क्रममा उसको साइकलले एक चल्लालाई हान्न पुग्यो। त्यस बच्चालाई निकै पछुतो लाग्यो। र उनले आफूसँग भएको पैसा र त्यस चल्लालाई बोकेर उपचार गराउन हस्पिटल लिएर गए। 

उक्त घटनाको फोटो अहिले पाकिस्तानी र भारतीय सञ्चारमाध्यमले भाइरल जसरी फैलाइरहेका छन्। फोटोमा ती बच्चा एक हातमा चल्ला र अर्को हातमा १० रुपियाँको नोटमा देखिएका छन्। उनको आँखाका अबोधपन छल्किएको देख्न सकिन्छ। ‘उनको आँखामा जे देखिएको छ, त्यो लेख्न नसकिने’ भनेर स्वाती नाम गरेकी एक पाकिस्तानी महिलाले भारतीय सञ्चारमाध्यम द ललन टपमा लेखेकी छन्।

उक्त समाचारमा समावेश फोटो भाइरल बनेको छ यतिवेला। 

प्रतिक्रिया दिनुहोस्