बार अध्यक्षमा वामपन्थी समूहका श्रेष्ठ विजयी



काठमाडौं : कानून व्यवसायीको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा वामपन्थी समूहका उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी भएका छन्। बिहीबार साँझ सकिएको मतगणनामा चण्डेश्वरले लोकतान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेललाई पराजित गरेका हुन्। मतगणना सकिए पनि निर्वाचन समितिले मतपरिणाम भने सार्वजनिक गरेको छैन्।

अध्यक्षसहित अधिकांश पदमा वामपन्थी प्यानलका उम्मेदवार विजयी भएका छन्। तर महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार लीलामणि पौडेल विजयी भएका छन्। उनले वामपन्थी समूहका उम्मेदवार सुरेन्द्र थापामगरलाई पराजित गरेका हुन्। थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्