प्राकृतिक प्रकोपपीडित प्रदेश २ मा अहिले नै एसईई कति उचित ?



प्रदेश २ का आठ जिल्लामध्ये बारा र पर्सा यतिबेला हुन्डरीले तहसनहस भएका छन्। हुन्डरीबाट त्यहाँको जनजीवन तहसनहस भएको छ। न सुत्ने बस्ने ठाउँ छ, न खाद्यान्न छ, न त लत्ताकपडा र दैनिक जीवनयापनका आवश्यक सामग्री।

यतिबेला एसईई दिने विद्यार्थीसँग किताबकापी, कलम कुनै पनि पाठ्यसामग्री केही पनि छैन। उठीबास भएका बेला सरकारले त्यहाँ एसईई परीक्षा आज (शुक्रबार) लिन थाल्नु कति उचित होला ?

एउटा बेइमान प्रहरीले बदमासीले प्रदेश २ का करिब सवा लाख विद्यार्थीले दुःख र सास्ती भोग्नु पर्‍यो।

तर त्यसको सजाय थातबास नै उठेका बेला कापीकिताब केही नभएको समयमा फेरि विद्यार्थीलाई एसईई परीक्षामा जबर्जस्ती बसाल्नु के जायज छ ?

सरकार किन यति धेरै असंवेदनशील ? कि सरकारले तराई–मधेसका परीक्षार्थीमाथि यो विभेद किन ? के एसईई अझै १५र२० दिन पछि सार्न सक्दैनथ्यो ? प्रश्न उठेका छन्।

प्रतिक्रिया दिनुहोस्