नेपालमा पनि पब्जी प्रतिबन्ध लगाउने तयारी



काठमाडाैं : पब्जी एक प्रकारको मोबाइल गेम हो। यो गेम विश्वमाझ लोकप्रिय भइरहको छ। तर, यसको असर नकारात्मक हुँदै गइरहेको छ। 

पब्जी खेल्न नपाएकै कारण किशोरकिशोरीले आत्महत्या गरेको खबर पटक पटक आइरहेको छ। छिमेकी भारतमै पनि पब्जी खेल्ने क्रममा पानी भनेर एसिड खाएका कारण एक जनाकाे ज्यान गएको थियो।  

भर्खरै भारतको गुजरातमा यस गेममाथि प्रतिबन्ध नै लगाइएको खबर सार्वजनिक भएका छन्। भारतकै अन्यत्र सहरमा पनि यसलाई प्रतिबन्ध लगाउन्पर्नेबारे व्यापक रुपमा माग उठिरहेको छ। नेपालमा पनि पब्जीको असर दिनदिनै बढ्दै गएको कुरा प्रहरीकहाँ अभिभावकले गरेको गुनासोले पुष्टि गरको पाइन्छ। 

के हो पब्जी ? 

दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले यो अनलाइन गेमको उत्पादन गरेको हो।

यसको पूरा नाम ‘प्लेयर अननोस ब्याटलग्राउण्ड’ हो पहिलो पटक सन् २०१७ को मार्चमा रिलिज भएको यो गेम दुई वर्ष नहुँदै यसका प्रयोगकर्ताको संख्या ५० करोड नाघिसकेको छ। ८ करोड ७० लाख मानिस दैनिक रुपमा पब्जी खेल्दछन्। यो गेम विन्डोज, एक्सबक्स, एन्ड्रोइड तथा आइओएस प्लाटफर्ममा उपलब्ध रहेको छ।

आइओएस र एन्ड्रोइड प्लेटफर्ममा मात्र पब्जी २४ करोड पटक डाउनलोड भएको छ । सन् २०१८ मा पब्जी गेमबाट कम्पनीले कूल १ अर्ब ३ करोड डलर आम्दानी गरेको तथ्यांक छ। पब्जी गेमका मोबाइल प्रयोगकर्तामध्ये साढे २२ करोड चिनियाँ रहेका छन्। त्यस्तै अमेरिकी प्रयोगकर्ता ११ प्रतिशत र भारतीय प्रयोगकर्ता ८ प्रतिशत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्