विप्लब नेकपाका डोल्पा इन्चार्ज पक्राउ



जाजरकोट : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्नियुष्ट पार्टीका डोल्पा जिल्ला इन्चार्ज वीरबहादुर खड्का पक्राउ परेका छन् । जिल्लाको भेरी नगरपालिका ३ थाप्लेस्थित आफ्नै निवासबाट बुधवार उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले हालसम्म उनलाई सार्वजनिक भने गरेको छैन।

उनी विप्लवको गतिविधिमा संलग्न भएको डोल्पा प्रहरीको सूचनाको आधारमा  प्रक्राउ गरिएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी श्यामबहादुर खत्रीले बताए । 

जाजरकोट लहँ लविस निवासी खड्काले विगत लामो समयदेखि सदरमुकाम खलङ्गामा सपरिवार होटेल व्यवसाय गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्