मिडियाले संघीयताको अनुभूति गर्न पाएका छैनन् : अध्यक्ष आचार्य



डोल्पा : नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले नेपाली सञ्चार क्षेत्रमा अझैं पनि संघीयता नआएको बताएका छन्। नेपालको संविधानमा मिडियाको सबै अधिकार स्थानीय तहमा हुने ब्यवस्था छ। तर पनि सामान्य कामको लागि समेत जिल्लाका पत्रकारहरू काठमाडौ धाउनुपर्ने बाध्यता नहटेको उनले बताए।

सञ्चार क्षेत्रमा संघीयता नआएसम्म अन्य क्षेत्रमा मात्रै आएको संघीयता टिक्नै नसक्ने उनले बताए। ‘हामीले गरेको पत्रकारिता हरेक नागरिकको पक्षमा हुनुपर्छ। आवाज विहीनहरूको आवाजलाई मुखरित गर्न सक्नुपर्छ’, उनले भने। साना स्वरोजगारमुलक र गैरनाफामूलक मिडियालाई राज्यले संरक्षण गर्नुपर्ने उनले बताए।

पत्रकार महासंघले नमुना मोडेल कानुन बनाएर प्रदेश सरकारलाई दिइसकेकोले अब केन्द्रको मुख ताकेर बस्नु नपर्ने उनको भनाई थियो। डोल्पाको दुनैमा पहिलो पटक सम्पन्न पत्रकार आचारसंहिता सचेतना तथा मिडियाप्रतिको जनगुनासो सुनवाई कार्यक्रममा उनले यस्तो बताएका हुन्।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले दुई हजारमा बिक्ने पत्रकार नभई दुई हजार जनमानसको मन जित्ने पत्रकारिता अहिलेको आवश्यकता भएको बताए ।

प्रतिक्रिया दिनुहोस्