images

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

द नेपालटप | प्रकाशित: २०७५-१२-३० गते
जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

भद्रपुर (झापा) : मेचीनगर नगरपालिका–१२ कालीझोडामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत कालीझोडामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ज २८११ नम्बरको जिपले शुक्रबार राति पदैल यात्रीलाई ठक्कर दिएको थियो।

पदैलयात्रीलाई ठक्कर दिएको जीप अनियन्त्रित भई सोही दिशातर्फ जाँदै गरेको मे १ ज १२०९ नम्बरको अर्को जिपलाई ठक्कर दिँदा जिपमा रहेका ११ जना घाइते भएका छन्। मृत्यु हुने पैदलयात्री करिब ७५ वर्षीय पुरष भएको तर उनको हुन नसकेको प्रहरीले जनाएको छ। मृतक चाराआली क्षेत्रमा मागी हिँड्ने व्यक्ति भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जानकारी दिएको छ। प्रहरीले दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ, भने घाइतेहरुको अवस्था सामान्य रहेको जनाइएको छ। 
 

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

वडाध्यक्षले अर्का वडाध्यक्षलाई कुटे : कुटाइ खाने अडियोसहित प्रहरीमा

वडाध्यक्षले अर्का वडाध्यक्षलाई कुटे : कुटाइ खाने अडियोसहित प्रहरीमा

ओखलढुंगा : चम्पादेवी गाउँपालिका ८ का वडाध्यक्ष अजय लुइटेलले वडा नम्बर ७ का वडाध्यक्षमाथि कुटपिट गरेका छन् ।  द..

प्रदेश–१ मा ५८ प्रतिशत मात्र बजेट खर्च

प्रदेश–१ मा ५८ प्रतिशत मात्र बजेट खर्च

विराटनगर : प्रदेश–१ सरकारले ५८ प्रतिशत मात्र बजेट खर्च गरेको छ। दुई तिहाई बहुमत प्राप्त प्रदेश–१ स..

इलाम कफीमा पनि उत्कृष्ट जिल्ला

इलाम कफीमा पनि उत्कृष्ट जिल्ला

इलाम : इलाम चियाको राजधानी हो। यहाँ मानिस चिया किन्न मात्र नभई चियाबारी क्षेत्र घुम्न पनि आउने गर्छन्। तर, पछि..

आरक्षण सुरक्षितको मागराख्दै आदिवासी जनजातिको बन्द

आरक्षण सुरक्षितको मागराख्दै आदिवासी जनजातिको बन्द

इटहरी: नेपाल आदिवासी जनजाति महासंघ १ नम्बर प्रदेश समन्वय समितिले लोकसेवा आयोग र अदालतको निर्णयको विरोधमा साउन ४ गते..

मोरङमा बस र तरकारी बोकेको भ्यान ठोक्किदाँ २ जनाको मृत्यु, २६ घाइते 

मोरङमा बस र तरकारी बोकेको भ्यान ठोक्किदाँ २ जनाको मृत्यु, २६ घाइते 

विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका–१० शिविर डाँडामा बस र पिकअप भ्यान ठोक्किएर भएको दुर्घटनामा परेर..

बाढीले बगाएका पतिको खोजी गरिदिन पत्नीको आग्रह

बाढीले बगाएका पतिको खोजी गरिदिन पत्नीको आग्रह

झापा : खोलाले बगाएर बेपत्ता भएका झापाको मेचीनगर वडा नं १४ का ४१ वर्षीय सुफल हस्दा (सतार) को खोजी गरिदिन परिवारले आग..