रामनवमीमा जनकपुरको राम मन्दिरमा विशेष पूजा (फोटो फिचर)



जनकपुर : रामनवमी पर्वका अवसरमा शनिबार जनकपुरधामस्थित राम मन्दिरमा भक्तजनहरूको भीड लागेको छ। जनकपुरको ऐतिहासिक गंगा सागर र धनुष सागरमा स्नान गरि भक्तजनहरू बिहानैदेखि भगवान राम र सीताको पूजा गरिरहेका छन्।

त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रूपमा आजकै दिन भगवान रामचन्द्रको जन्म भएको थियो। राम नवमीको अवसरमा भारत र नेपालका सयौं साधु जनकपुरमा भेला भइ पूजा पाठ गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्