बसको ठक्करबाट १ जनाको मृत्यु



रुकुम पश्चिम : जिल्लाको मुसीकोट नगरपालिका ८ स्थित किटेनीमा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ। ना५ख ८९६२ नम्बरको बसले ठक्कर दिँदा शनिबार सोही ठाउँका ३५ वर्षीय देवजङ्ग खत्रीको घटनास्थलमै मृत्यु हो।

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट काठमाडौंतर्फ जाँदै गरेको डिलक्स बसले ठक्कर दिएपछि खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्