images

वर्तमान नेतृत्वले पार्टी एकलौटी ढङ्गले सञ्चालन गरेको छ : प्रकाशमान सिंह

द नेपालटप | प्रकाशित: २०७५-१२-३० गते
वर्तमान नेतृत्वले पार्टी एकलौटी ढङ्गले सञ्चालन गरेको छ : प्रकाशमान सिंह

विराटनगर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले वर्तमान नेतृत्वले पार्टी एकलौटी ढङ्गले सञ्चालन गरेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा पार्टीको विधान, नीति र कार्यकर्ताको भावना विपरीत सञ्चालन भएकाले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गरे ।

उनले पार्टी नेतृत्वले आम जनतालाई विश्वासमा लिन नसकेको आरोप लगाउँदै आगामी महाधिवेशनमा उत्कृष्ट समूहबाट पार्टी नेतृत्व चयन गरिने जिकिरसमेत गरे । उनले न्याय परिषद्को सर्वोच्च र उच्च अदालतको न्यायाधीश छनोटमा स्वच्छता र पारदर्शी नभएको आरोप लगाउँदै वरिष्ठलाई पन्छाई गरिएको निर्णय विधि र पक्रिया नमिलेकोप्रति काङ्ग्रेसले विरोध गरेको बताए ।

उनले नेतृत्वले विधान उल्लङ्घन गरेका कारण नै नेविसङ्घ लगायतका भ्रातृ सङ्गठन र शुभेच्छुक सङ्गठनको महाधिवेशन हुन नसकेको आरोप लगाए । नेता सिंहले निजी क्षेत्रलाई विश्वासमा लिई कार्य गराउन सके मात्र मुलुकमा आर्थिक समृद्ध कायम हुने धारणा व्यक्त गरे ।

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

मुस्किलले सुनकोसीमा खस्नबाट बच्यो यात्रुवाहक बस

मुस्किलले सुनकोसीमा खस्नबाट बच्यो यात्रुवाहक बस

उदयपुर : उदयपुरमा एक यात्रुवाहक बस ठूलो दुर्घटना हुनबाट बचेको छ। सदरमुकाम गाईघाटदेखि लिमचुङबुङ गाउँपालिकाको बल..

राहदानी बनाउन ६ हजार घुस, कर्मचारीसहित दुईजना पक्राउ

राहदानी बनाउन ६ हजार घुस, कर्मचारीसहित दुईजना पक्राउ

इलाम : राहदानी बनाउन पुगेका सेवाग्राहीसँग घुस लिने दुई कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय इलामका न..

ताप्लेजुङमा सर्वाधिक धनराशीको भलिबल प्रतियोगिता

ताप्लेजुङमा सर्वाधिक धनराशीको भलिबल प्रतियोगिता

काठमाडौँ : ताप्लेजुङको मैवाखोला गाँउपालिकामा नेपालकै सर्वाधिक धन राशीको 'तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिवल प..

निमोनियका कारण वडाध्यक्षको निधन 

निमोनियका कारण वडाध्यक्षको निधन 

खोटाङ : खोटाङको साकेला गाउँपालिका–३ खिदिमाका वडाध्यक्ष मणीकुमार राईको निमोनियका कारण निधन भएको छ। ज्वरो..

रिना बस्नेत मृत्यु प्रकरण : रणमैदान बन्यो पथरी (फोटो फिचर)

रिना बस्नेत मृत्यु प्रकरण : रणमैदान बन्यो पथरी (फोटो फिचर)

मोरङ : शनिबार बिहान निर्वस्त्र अवस्थामा भेटिएकी रिना बस्नेतको हत्या भएको भन्दै स्थानीयबासी प्रदर्शनमा उत्रिएपछि मोर..

पथरी तनावग्रस्त : प्रहरीले गोली चलायो, तोडफोडमा उत्रिए स्थानीय

पथरी तनावग्रस्त : प्रहरीले गोली चलायो, तोडफोडमा उत्रिए स्थानीय

मोरङ : शनिबार बिहान निर्वस्त्र अवस्थामा भेटिएकी रिना बस्नेतको हत्या भएको भन्दै स्थानीयबासी प्रदर्शनमा उत्रिएपछि मोर..