देउवाले एकलौटी ढंगले पार्टी चलाए : प्रकाशमान सिंह



विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले वर्तमान नेतृत्वले पार्टी एकलौटी ढंगले सञ्चालन गरेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीको विधान, नीति र कार्यकर्ताको भावना विपरीत सञ्चालन भएकाले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गरे ।

उनले पार्टी नेतृत्वले आम जनतालाई विश्वासमा लिन नसकेको आरोप लगाउँदै आगामी महाधिवेशनमा उत्कृष्ट समूहबाट पार्टी नेतृत्व चयन गरिने जिकिरसमेत गरे ।

उनले न्याय परिषद्को सर्वोच्च र उच्च अदालतको न्यायाधीश छनोटमा स्वच्छता र पारदर्शी नभएको आरोप लगाउँदै वरिष्ठलाई पन्छाई गरिएको निर्णय विधि र पक्रिया नमिलेकोप्रति कांग्रेसले विरोध गरेको बताए ।

उनले नेतृत्वले विधान उल्लंघन गरेका कारण नै नेविसंघ लगायतका भ्रातृ संगठन र शुभेच्छुक संगठनको महाधिवेशन हुन नसकेको आरोप लगाए । नेता सिंहले निजी क्षेत्रलाई विश्वासमा लिई कार्य गराउन सके मात्र मुलुकमा आर्थिक समृद्ध कायम हुने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्