आजबाट सबै अस्पतालको सेवा सुचारु हुने



काठमाडौंः सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ । हिजो भएको छलफलमा सरकारले १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलनरत सरकारी चिकित्सकहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको वार्तामा चिकित्सकका माग पूरा गर्न सरकारले समय माग गरेपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको सरकारी चिकित्सक संघ गोदानका अध्यक्ष दिपेन्द्र पाण्डेले जानकारी दिए ।

यो सहमतिसँगै अब देशभरका स्वास्थ्य संस्थाको सेवा सुचारु हुनेछ । कर्मचारी समायोजनमा चिकित्सकको दरबन्दी संघ अन्तर्गत हुनुपर्ने माग गर्दै सरकारले चिकित्सकहरुले आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पारी आन्दोलन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्