धनुषामा ९४ सडक दुर्घटना, ४२ को मृत्यु



जनकपुरधाम : २०७५ सालको ९ महिनामा धनुषा जिल्लामा ९४  सडक दुर्घटना भएका छन् । जसमा ४२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते  भएको जिल्ला ट्राफ़िक प्रहरी कार्यालय  धनुषाले जनाएको छ ।

साउनदेखि चैतसम्मका अधिकांश दुर्घटना खराब सडक र चालकको लापरबाहीले भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ । 

आर्थिक वर्ष २०७५÷७६को साउनमा ४, भदौमा ७, असोजमा ५, कात्तिकमा ६, मंसिरमा ३, पुसमा ४, फागुनमा ७ र चैत्रमा ६ जनाको मृत्यु भएको धनुषा ट्राफ़िक प्रहरी प्रमुख दीपक साहले जानकारी दिए । माघ महिनामा भने दुर्घटनामा परि कसैले ज्यान गुमाएका छैनन् । 

चैत्र मसान्त सम्म जम्मा १८ हजार ८ सय ६२ सवारी सधानहरुलाइ कारबाही ग़री १ करोड ५९ लाख ८ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्