गुल्मीको मुसिकोटमा आवास सुविधासहित निःशुल्क इञ्जिनियरिङ विषयको पढाइ हुने  



गुल्मी : मुसिकोट नगरपालिका–७  वामीटक्सारमा रहेको महेन्द्र आदर्श माध्यामिक विद्यालयले नयाँ वर्षदेखि आवास सुविधासहित निःशुल्क इञ्जिनियरिङ विषयको पढाइ थाल्ने  भएको छ ।  वैशाख ९ गते प्रवेश परीक्षा हुने  भएकाले इच्छुक विद्यार्थीले आवेदन दिन सक्ने विद्यालयले जनाएको छ ।

कक्षा ९ देखि कक्षा १२ सम्म प्राविधिक धार पढ्नका लागि भर्ना शुल्क समेत नलाग्ने, खान बस्न सहित सबै निःशुल्क गरिने विद्यालयका प्रधानाध्यापक बुद्धिप्रसाद शर्माले जानकारी दिए ।  यस शैक्षिक सत्रमा ४० जनाको कोटा छुट्याइएको छ ।

त्यस कोटाभित्र छिर्न प्रवेश परीक्षामा उत्तीर्ण हुनु पर्ने छ । उक्त विद्यालयसहित त्यहाँका दुई वटा माध्यामिक विद्यालयलमा प्राविधिक कक्षा सञ्चालनका लागि मुसिकोट नगरपालिकाले यसै आर्थिक वर्षदेखि पहल थालेको हो ।

मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले रोजगारमुखी शिक्षाका लागि महेन्द्र आदर्श माध्यामिक विद्यालयमा सिभिल इञ्जिनियरिङ्ग  र भुवाचिदीको त्रिभुवन राष्ट्रिय माध्यामिक विद्यालयमा कम्युटर इञ्जिनियरिङ्ग कक्षा यसै आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउन लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्