images

कोच समुदायको सिरुवा पर्व सुरु

द नेपालटप | प्रकाशित: २०७६-१-१ गते
कोच समुदायको सिरुवा पर्व सुरु

झापा : नयाँ वर्षको सुरवातसँगै पूर्वी तराईका आदिवासी कोच समुदायको सिरुवा पर्व सुरु भएको छ। नयाँ वर्षको आगमनलाई स्वागत गर्दै राजवंशी, ताजपुरिया, गनगाई, मेचे माझीलगायत कोच जातिका समुदायले आजदेखि तीन दिनसम्म सिरुवा पर्व मनाउने गर्दछन्।

कोच समुदायमा यो पर्वले निकै महत्त्व बोकेको छ। वर्षभरिको रिसरागलाई पानीले पखालेर आपसमा पानी हालेर पहिलो दिन पानी सिरुवा, दोस्रो दिन आफ्नो कुल देवीदेवताको पूजा गर्ने गरिन्छ। 

वर्षको एक दिन माटोसँग खेलेमा शरीरका रोगहरु नाश हुने मान्यता रहेकाले आपसमा हिलो लगाएर काद सिरुवा खेल्ने र सिरुवाको अन्तिम दिन नयाँ वर्षलाई हर्सोल्लासका साथ रङ्गले खेलेर समापन गरिने प्रचलन रहेको कमल गाउँपालिका–६ का आदिवासी समुदायका अग्रज नित्यानन्द ताजपुरियाले बताए परापूर्वकालदेखि आदिवासी समुदायले मनाउँदै आएको सिरुवा पर्व विगतका केही वर्षहरुमा सामुहिक रूपमा मनाउँदै आएको नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिवसमेत रहेका ताजपुरिया बताउँछन्। 

यो पर्वमा विभिन्न परिकार खाने र संस्कृति झल्कने नाचगान गर्ने चलन छ। झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्दै आएका राजवंशी, थारू, गनगाई, ताजपुरिया, माझीलगायतका जातिले सिरुवा मनाउने गर्छन्। पर्वको अवसरमा यी जिल्लामा विशेष सांस्कृतिक कार्यक्रमसहित सिरुवा मेला पनि लाग्ने गर्दछ।

पूर्वका तीन जिल्लामा करिब तीन लाख ५० हजार कोच समुदाय रहेको अनुमान गरिएको छ। सिरुवाका अवसर पारेर जिल्लाको आदिवासी कोच बाहुल क्षेत्रका गौरादह, गौरीगञ्ज, कचनकवललगायतका स्थानीय सरकारहरुले वैशाख ३ मा सार्वजनिक बिदासमेत दिएका छन्।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

वडाध्यक्षले अर्का वडाध्यक्षलाई कुटे : कुटाइ खाने अडियोसहित प्रहरीमा

वडाध्यक्षले अर्का वडाध्यक्षलाई कुटे : कुटाइ खाने अडियोसहित प्रहरीमा

ओखलढुंगा : चम्पादेवी गाउँपालिका ८ का वडाध्यक्ष अजय लुइटेलले वडा नम्बर ७ का वडाध्यक्षमाथि कुटपिट गरेका छन् ।  द..

प्रदेश–१ मा ५८ प्रतिशत मात्र बजेट खर्च

प्रदेश–१ मा ५८ प्रतिशत मात्र बजेट खर्च

विराटनगर : प्रदेश–१ सरकारले ५८ प्रतिशत मात्र बजेट खर्च गरेको छ। दुई तिहाई बहुमत प्राप्त प्रदेश–१ स..

इलाम कफीमा पनि उत्कृष्ट जिल्ला

इलाम कफीमा पनि उत्कृष्ट जिल्ला

इलाम : इलाम चियाको राजधानी हो। यहाँ मानिस चिया किन्न मात्र नभई चियाबारी क्षेत्र घुम्न पनि आउने गर्छन्। तर, पछि..

आरक्षण सुरक्षितको मागराख्दै आदिवासी जनजातिको बन्द

आरक्षण सुरक्षितको मागराख्दै आदिवासी जनजातिको बन्द

इटहरी: नेपाल आदिवासी जनजाति महासंघ १ नम्बर प्रदेश समन्वय समितिले लोकसेवा आयोग र अदालतको निर्णयको विरोधमा साउन ४ गते..

मोरङमा बस र तरकारी बोकेको भ्यान ठोक्किदाँ २ जनाको मृत्यु, २६ घाइते 

मोरङमा बस र तरकारी बोकेको भ्यान ठोक्किदाँ २ जनाको मृत्यु, २६ घाइते 

विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका–१० शिविर डाँडामा बस र पिकअप भ्यान ठोक्किएर भएको दुर्घटनामा परेर..

बाढीले बगाएका पतिको खोजी गरिदिन पत्नीको आग्रह

बाढीले बगाएका पतिको खोजी गरिदिन पत्नीको आग्रह

झापा : खोलाले बगाएर बेपत्ता भएका झापाको मेचीनगर वडा नं १४ का ४१ वर्षीय सुफल हस्दा (सतार) को खोजी गरिदिन परिवारले आग..