सरकारले राम्रो गर्‍यो भन्ने ठाँउनै देख्दिन: सभापति देउवा



कैलाली : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राम्रो काम गर्‍यो भनेर चित्त बुझाउन नसकिएको बताएका छन् । कैलालीको धनगढीमा पत्रकारहरुसंग कुरा गर्दै  उनले सरकारले अहिलेसम्म कुनै क्षेत्रमा राम्रो काम नगरेको बताए । अहिले महंगी बढ्नुका साथै जताततै कर तिर्नुपर्ने बाध्यताले नागरिक आक्रान्त भएको जिकिर गरे ।

उनले देशमा हत्या, हिंसा, बलात्कार, महंगी, कर सबै बढेको भन्दै सरकारले कुनै क्षेत्रमा राम्रो काम गर्न नसकेको दावी गरे ।

ओली सरकार गठनको एक वर्षमा एउटा पनि राम्रो काम गर्न नसकेको देउवाले दावी गरेका छन् ।

‘दुईतिहाइको यो सरकारले एउटा पनि काम गर्न सकेन,’ देउवाले भने, ‘उल्टो निर्मलाको हत्यारा तथा बलात्कारीलाई सरकारले बचाउने काम गरेको छ । हत्या, हिंसा बढेको बढ्यै छ ।’ नेपाली सेनामाथि पनि ओली सरकारले हस्तक्षेप गरेको भन्दै देउवाले आपत्ति जनाए । उनले सरकारले काम भन्दा हावादारी गफमात्र गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्