संविधान दिवसका अवसरमा घोेषणा गरेका विभूषण आज वितरण



काठमाडौं : सरकारले संविधान दिवसका अवसरमा घोेषणा गरेका विभूषण आज वितरण गरिएको छ ।आईतबार  बिहान नयाँबर्षको अवसरपारेर राष्ट्रपति भवनमाएक कार्यक्रमकाबिच राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषण प्रदान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ मरणोपरान्तलाई ‘नेपालरत्न’ द्वारा सुशोभित गरेकीछन् । उक्त विभूषण पुष्पलालका छोरा उमेशलाल श्रेष्ठले ग्रहण गरे ।

यस्तै  सङ्गीतज्ञ अम्बर गुरुङ मरणोपरान्त र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी मानपदवीद्वारा विभूषित गरिएको छ ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणी एवं साहित्यकार दिनेशहरि अधिकारी, गायक तथा अभिनेता हरिप्रसाद रिमाल मरणोपरान्त र इतिहासकार प्रा दिनेशराज पन्तलाई सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी पदकद्वारा विभूषित गरिएको छ ।

यस्तै तीर्थ कोइरालालाई सुप्रवल जनसेवाश्रीद्वारा विभूषित गरिएको राष्ट्रपतिको कार्यलयले जनाएको छ । प्रवल जनसेवाश्री (चतु्र्थ श्रेणी)बाट सबैभन्दा बढी १६२ जना विभूषित भएका भएका छन् । यो पदकमा विभूषित हुनेमा युवा क्रिकेटर सन्दीप लामिछाने पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्