images

रुचाउन थाले केराका परिकार

द नेपालटप | प्रकाशित: २०७६-१-१ गते
रुचाउन थाले केराका परिकार

कैलाली : केराका परिकार खाद्यवस्तुका रुपमा प्रयोग हुन थालेको छ। कैलालीको टीकापुरमा कृषि व्यवसायी कालु हमालले केराका परिकारलाई खाद्यवस्तुका रुपमा प्रयोग गर्ने वातावरण मिलाएका छन्। ‘बनाना किङ’ को परिचयसमेत बनाइसकेका केरा व्यवसायी हमालले अहिले केराका ४० परिकार उत्पादन गर्छन्। 

हमालले १३ वर्षअघि विगतमा फलफूलका रुपमा मात्रै प्रयोग गरिने केराखेती गर्न शुरु गरे । उनले केराखेती सँगै केराका परिकार बनाएर बेच्न थाले। “शुरु शुरुमा उनलाई धेरैले विश्वास गरेनन्, केराको परिकार के मीठो होला र ? भन्थे,” हमाल भन्छन् – “टीकापुर नगरपालिकाको मनिकापुरमा केराका परिकार मात्रै पाइने बनाना रेस्टुराँ खोलें। यो रेस्टुराँको चर्चा टीकापुरमा मात्रै सीमित रहेन।” उनी थप्छन् – “टीकापुर घुम्न आउने हरेक जसो पर्यटक रेस्टुराँमा पुग्न थाले । कोही कोही केराको परिकार खानकै लागि समेत पुग्न थाले। केराका परिकार सबैले रुचाए । धेरै मानिस टीकापुर पार्क जानुभन्दा पनि केराका परिकार खानकै लागि आउंछन्।”

हमालको रेस्टुराँमा अहिले ४० थरीका केराका परिकार बन्छन् । ती सबै काँचो र पाकेको केराबाट बन्छन्। हमालको रेष्टुराँमा बनाना चिप्स, अचार, पकौडा, फिङ्गर चिप्स, चिल्ली, सेकुवा, समोसा, अम्लेट, मःमः, खिर, पराठा (रोटी), वाइन, ब्राण्डी लगायतका परिकार पाइन्छन् । हमाल भन्छन्– “यहाँ आउनेहरुमा धेरै जसो सपरिवारै आउँछन् । केराका परिकारलाई खानाका रुपमा खाएर बेलुका घर फर्कने चलन पनि छ।” धेरैले यसलाई खानाको रुपमा पनि प्रयोगमा ल्याउन थालेका छन्।

हमाल भन्छन् – “बनाना चिप्स धेरैको रोजाइमा पर्छ । एक प्लेटको २० रुपैयाँ बेच्ने गरिएको छ । यसलाई प्याकेटमा लैजान समेत मिल्छ । ४० र ६० रुपैयाँका दुई छुट्टाटुट्टै प्याकेटमा उपलब्ध छ । काँचो केरा पातलो गरेर काट्ने । मसला मिसाएर तेलमा तारेपछि तयार हुन्छ ।” त्यस्तै उनको रेष्टुराँमा आउनेहरु केराको अचार नखाएर फर्कदैनन् । केराको चार प्रकारको अचार यहाँ पाइन्छ – काँचो केरा उमालेर तयार हुने अचार, बुङ्गाको अचार, जराको अचार र काँचो केराको चट्नी

पकौडा चाहीँ काँचो केरा काटेर चनाको बेसनमा मिसाएर बनाइन्छ । यसमा नून र खुर्सानी पनि मिसाइन्छ। “पछिल्लो समय यसलाई पनि धेरैले रुचाएका छन्।” उनी थप्छन् – “फिङ्गर चिप्स बाहिरी जिल्लाका मानिसले कोशेलीका रुपमा पनि लैजाने गर्दछन्।”  त्यस्तै, केराको वाइन र ब्राण्डी पनि निकै बिक्री हुने गरेको छ। केराको वाइन र ब्राण्डी टीकापुर आउने र जाने मानिसले कोशेलीका रुपमा दिने र लैजाने चलन पनि बढेको छ । ‘एग्रो टुरिजम’ को विस्तारमा सकृय हमाल केराका परिकारबाट खाद्य अभावलाई समेत टार्न सकिने बताउँछन्। उनी केराका परिकारबाट भोकमरी अन्त्य गर्ने मात्रै नभई केराका रेशाबाट टोपी, चप्पल, कागज लगायतका सामग्री समेत उत्पादन गर्ने योजना रहेको बताउँछन्। 

यहाँ केराका परिकार खान आउनेले रुचाएर खान्छन् । “नेपालमा गर्ने चाहना भएमा एउटै उत्पादनलाई अनेकथरी बनाएर बेच्न सकिन्छ ।” पर्यटन व्यवसायी थर्कबहादुर शाह भन्छन् –  “कालु हमालकै कारण टीकापुर केरा पाइने ठाउं भनेर चिनिएको छ । यसकै कारण केराखेतीमा कृषकको आकर्षण पनि बढेको छ।” 
            
कृषि व्यवसायी शिव थापा भन्छन् – “पढेलेखेका मानिसले खेती नगर्ने परम्परालाई हमालले चिरेका हुन्। उनले केराखेती गरेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिएपछि हामी पनि हौसिएका छौं।” थापा भन्छन् – “टीकापुर केरा, दूध, मासुमा आत्मनिर्भर भएको छ । अझै यस क्षेत्रका किसानलाई व्यावसायिक र प्राविधिक ज्ञान आवश्यक छ ।” उनी सरकारले बजारीकरणमा ध्यान दिइदिए कृषिमा अझ आकर्षण बढ्ने बताउँछन्।

हमालले केराखेती शुरु गरेपछि अहिले यो क्षेत्रका धेरै कृषकले केराखेती गरेका छन् । अहिले टीकापुर क्षेत्रमा ३३० हेक्टर जमीनमा केराखेती गरिएको कृषि अधिकृत गौरीशंकर गुप्ताले जानकारी दिए । यस वर्ष रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रमले थप ९० हेक्टर जमीनमा केराखेती विस्तार गर्ने लक्ष्य लिएको छ ।  कृषि कार्यक्रमले अहिले केराखेतीका लागि माग पेश गर्न किसानलाई सूचित गरिसकेको छ । “केराखेतीको राम्रो सम्भावना र बजार भएकाले सिँचाइले पनि केरामा लगानी गर्ने योजना ल्याएको हो,” कृषि अधिकृत गुप्ता भन्छन् – “अन्य खेती भन्दा केराखेतीबाट राम्रो आम्दानी हुन्छ । त्यसैले कृषकले पनि केरा खेती रोज्न थालेका छन्।”

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

जिउँदो मान्छेलाई मृत घोषित गरेपछि...

जिउँदो मान्छेलाई मृत घोषित गरेपछि...

कैलाली : डडेल्धुराको गन्यपाधुरा गाउँपालिका–१ साहुखर्कमा बुधबार भएको यात्रुबाहक बस दुर्घटना परि सामान्य घ..

डीपीआर ढिलाईले आयोजनाको काम प्रभावित

डीपीआर ढिलाईले आयोजनाको काम प्रभावित

अछाम : सुदुरपश्चिमको अछाममा निमार्णधिन २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत आयोजनाको डीपीआर तयार नहुँदा आयोज..

भीम रावलले बलिको बोको बनाए, अब विद्रोह गर्छु : दिलबहादुर सिंह

भीम रावलले बलिको बोको बनाए, अब विद्रोह गर्छु : दिलबहादुर सिंह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका ९ सहित ७७ वटै जिल्लामा जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो..

डडेल्धुरामा बस दुर्घटना हुँदा ७ जनाकाे मृत्यु ,२० जना घाइते

डडेल्धुरामा बस दुर्घटना हुँदा ७ जनाकाे मृत्यु ,२० जना घाइते

कैलाली : डडेल्धुरामा बुधबार बिहान बस दुर्घटना हुँदा ७ जना मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । भीमदत्त राजमार्..

डडेल्धुरामा जन्ती बोकेको जिप दुर्घटना, ९ जना घाइते, तीनको अवस्था गम्भीर 

डडेल्धुरामा जन्ती बोकेको जिप दुर्घटना, ९ जना घाइते, तीनको अवस्था गम्भीर 

कैलाली : डडेल्धुराको अजयमेरुमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। महेन्द्रनगरबाट जन्ती बोके..

कञ्चनपुरबाट प्रधानमन्त्रीलाई अर्को ज्ञापनपत्र

कञ्चनपुरबाट प्रधानमन्त्रीलाई अर्को ज्ञापनपत्र

कैलाली : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता नलागेको भन्दै स्थानीय नागरिक संघर्ष समितिले..