images

आन्तरिक पर्यटकको चहलपहल बढ्दो

द नेपालटप | प्रकाशित: २०७६-१-१ गते
आन्तरिक पर्यटकको चहलपहल बढ्दो

अछाम : पर्यटकीय क्षेत्र रामारोशनमा नयाँ वर्ष मनाउनका लागि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । नयाँ वर्ष २०७६ को पहिलो दिन वैशाख १ गतेमा सुन्दर र रमणीय स्थानको भ्रमण गरेर वर्षको सुखद शुरुवात गर्ने हेतुले अछाम जिल्लाभित्र र जिल्लाबाहिरका आन्तरिक पर्यटक रामारोशन क्षेत्रमा पुगेका हुन ।

नयाँ वर्षमा रामारोशन घुम्नका लागि अछामको मङ्गलसैन, साँफेबगर, विनायकसहित विभिन्न स्थान, छिमेकी जिल्ला डोटी, कालीकोट र कैलालीबाट समेत आन्तरिक पर्यटक रामारोशन आएका छन् । उनीहरुले रामारोशनका विभिन्न ताल, सुन्दर फाँट र थरिथरिका फुलेका लालीगुराँसको अवलोकनका साथै त्यस क्षेत्रको प्राकृतिक सुन्दरतासँग रमाएको रामारोशन गाउँपालिका योजना शाखा प्रमुख दलबहादुर साउदले बताए ।

नयाँ वर्षको अवसरमा रामारोशन घुम्न आएका काठमाडौँका रवीन श्रेष्ठले प्राकृतिक रुपमा निकै सुन्दर र रमणीय रहेको रामारोशन घुम्न पाउँदा आफूलाई निकै खुशी लागेको बताए । रामारोशनको मनमोहक दृश्यले आफूलाई लोभ्याएको समेत श्रेष्ठले बताए ।

रामारोशनको रामेसम्मै जीप तथा मोटरसाइकल जस्ता सवारी साधनको पहुँच भएकाले नयाँ वर्ष मनाउनेका लागि थप सहज भएको बताइएको छ । बाह्र बण्ड र अठार खण्डका नामले समेत परिचित सुदूरपश्चिमको सुन्दर पर्यटकीय क्षेत्र रामारोशन घुम्न र त्यहाँ रमाउनका लागि यतिबेलाको मौसम समेत अनुकूल रहेका कारण यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्या समेत अरु बेला भन्दा बढेको जनाइएको छ ।

नयाँ वर्षको पहिलो दिन मात्रै रामारोशन घुम्नका लागि एक हजार बढी पर्यटक रामारोशन पर्यटकीय क्षेत्रमा प्रवेश गरेको रामारोशन गाउँपालिकाले जनाएको छ ।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

हसियाले हानेर छोराले लिए बुवाको ज्यान, आमा घाइते

हसियाले हानेर छोराले लिए बुवाको ज्यान, आमा घाइते

कैलाली : कैलालीमा धारिलो हतियार प्रयोग गरी छोराले बुवाको हत्या गरेका छन्। घोडाघोडी नगरपालिका–११ सिसैयामा..

विमानस्थल कालोपत्रको काम सुरु

विमानस्थल कालोपत्रको काम सुरु

काठमाडौं : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम सुरु भएको छ। ..

बाढीका कारण ढलेका सीमा स्तम्भहरूको निरीक्षण 

बाढीका कारण ढलेका सीमा स्तम्भहरूको निरीक्षण 

कपिलवस्तु : सशस्त्र प्रहरी प्रदेश–५ का प्रमुख प्रहरी नायब महानिरीक्षक नारायण दत्त पौडेल नेतृत्वको टोलीले..

सुदूरपश्चिममा बन्यो २० करोडको लगानीमा सुविधा सम्पन्न सिनेमा हल

सुदूरपश्चिममा बन्यो २० करोडको लगानीमा सुविधा सम्पन्न सिनेमा हल

कैलाली : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुविधा सम्पन्न सिनेमा हल सञ्चालनमा आएको छ। केही वर्षदेखि..

धनगढी बम विस्फोटः घाइते एकजनाको उपचारको क्रममा मृत्यु

धनगढी बम विस्फोटः घाइते एकजनाको उपचारको क्रममा मृत्यु

धनगढी : कैलालीको धनगढीमा बिहीबार साँझ भएको बम विस्फोटमा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।&nbs..

धनगढीमा शंकास्पद बस्तु विष्फोट : घाइते ५ जनाको परिचय खुल्यो, घटना स्थलमा भेटियो पेस्ताेल

धनगढीमा शंकास्पद बस्तु विष्फोट : घाइते ५ जनाको परिचय खुल्यो, घटना स्थलमा भेटियो पेस्ताेल

कैलाली :  कैलालीको धनगढीमा शंकास्पद वस्तु बिष्फोट हुँदा पाँच जना गम्भीर घाईते भएका छन्। धनगढीको शहिद गेट..