सरकारले आगामी आर्थिक वर्षमा वृद्धभत्ताको रकम बढाउने



काठमाडौं : सरकारले आगामी आर्थिक वर्षमा वृद्धभत्ताको रकम बढाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र खोलौं बैंक खाता’ कार्यक्रममा सम्बोधन गर्दै सरकारले वृद्धभत्ता बढाउन लागेको जानकारी दिएका हुन् । 

सरकारमा रहेको पार्टी नेकपाले आफ्नो चुनावी एजेण्डामा नै वृद्धभत्ता बढाउने उल्लेख गरेको थियो । तर, चालू आर्थिक वर्षको बजेटमा बृद्धभत्ता नबढाइएपछि अर्थमन्त्री डा युवराज खतिवडाको आलोचनासमेत भएको थियो ।

‘अहिले बजेटको पूर्व तयारी चलिरहेको छ। आउँदो आर्थिक वर्षको बजेटले बृद्धभत्ता बढाउँछ। अर्थमन्त्री यहीँ हुनुहुन्छ। बजेट नआउँदै यस्तो कुरा भन्न त नहुने हो। तर लुकाएर लुक्ने कुरा पनि छैन । वृद्धभत्ता जुनसुकै अवस्थामा बढ्छ’, प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्