लागू औषधसहित ३ पक्राउ



जनकपुरधाम : महोत्तरीको सम्सीबाट प्रहरीले ३ जनालाई लागूऔषध सहित पक्राउ गरेको छ । महोत्तरीको सम्सी प्रहरी चौकीबाट खटिएको टोलीले महोत्तरीको बर्दिवास नगरपालिका ९ का देव कृष्ण महतो, धनुषाको बटेश्वर गाउँपालिका १ का राम देव महतो, वडा नं. २ का विजय कुमार महतोलाई चेकजाँचको क्रममा लागू औषधसहित पक्राउ गरेको हो ।

सम्सी प्रहरी चौकीका इन्चार्ज आदित्य नारायण सिंहले दिएको जानकारी अनुसार पक्राउ परेकाहरुका साथबाट प्रहरीले नाइट्रोभेट ट्याब्लेट ६ सय थान बरामद गरेको छ । साथै उनीहरुले प्रयोग गरेको ज९प ६३७१ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्