images

छ महीनादेखि बन्द अस्पताल सञ्चालन

द नेपालटप | प्रकाशित: २०७६-१-१ गते
छ महीनादेखि बन्द अस्पताल सञ्चालन

तनहुँ : जनशक्ति अभावले छ महीनादेखि बन्द रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–११ साँखेस्थित ढोर फूलबारी शहीद अस्पताल सञ्चालनमा आएको छ । गत असोजदेखि बन्द अस्पतालमा शुक्लागण्डकी नगरपालिकाले मेडिकल अधिकृतसहित तीन जना कर्मचारी नियुक्त गरेपछि आजबाट अस्पताल सञ्चालनमा आएको हो ।

समुदायबाट सञ्चालित फूलबारी सामुदायिक अस्पताल गत भदौ ३१ गते ढोरफिर्दी स्वास्थ्य चौकीमा समायोजन भएसँगै अस्पताल बन्द भएको थियो । अस्पतालको सेवा शुभारम्भ गर्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले नगरवासीलाई गुणस्तरीय सेवा प्रदान गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए । उनले बन्द अस्पतालमा सरकारको तर्फबाट दरवन्दी सिर्जना नभएपछि आन्तरिक स्रोतबाट नै तलब खुवाउने गरी अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिए । 

शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले नगरको आन्तरिक स्रोतबाट एक मेडिकल अधिकृत, एक स्टाफ नर्स र एक ल्याव असिस्टेन्ट नियुक्त गरिएको बताए । उनका अनुसार अस्पतालमा १५ शैय्या सञ्चालनमा छ ।

शुक्लागण्डकी नगरपालिका वडा नं ११ का अध्यक्ष दलबहादुर थापाले लामो समयदेखि अस्पताल बन्द हुँदा सर्वसाधारणलाई समस्या भएकोले नगरपालिकाको तर्फबाट दरवन्दी सिर्जना गरी अस्पतालमा सञ्चालनमा ल्याइएको बताए । उनले भने, “अझै पनि दरबन्दी अभाव नै छ तर केही कर्मचारी नियुक्त गरेर भएपनि सेवा शुभारम्भ गरेका हौं ।”

छ महीनादेखि अस्पताल बन्द हुँदा यस क्षेत्रका स्थानीय स्वास्थ्य उपचारबाट वञ्चित भएका थिए । सोही वडाका स्थानीयवासी भिमबहादुर थापाले अस्पताल सञ्चालन भएसँगै उपचारका लागि अन्यत्र धाउनु नपर्ने भएकोले सहज हुने बताए । अस्पतालबाट तनहुँको शुक्लागण्डकी नगरपालिका र स्याङजाको बिरुवा, हरिनास गाउँपालिका र पुतलीबजार नगरपालिकावासीले सेवा लिँदै आएका छन् ।

स्वंयमसेवी संस्था इभी कासेलको सहयोगमा सञ्चालित सामुदायिक अस्पताल सरकारलाई हस्तान्तरण गरिएको थियो । विसं २०५५ फागुनमा कासेलकोे सहयोगमा छब्दी र भक्कलमा फूलबारी सेवा केन्द्रका रुपमा सञ्चालित अस्पताल एक दशकयता साँखेबाट सञ्चालित थियो ।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

तनहुँमा ५ वर्षीया बालिका बलात्कृत, युवक पक्राउ

तनहुँमा ५ वर्षीया बालिका बलात्कृत, युवक पक्राउ

तनहुँ : तनहुँमा ५ वर्षीया बालिका बलात्कारको सिकार बनेकी छन्। जिल्लाको व्यास नगरपालिका–७ पल्लो नरंगाकी पा..

१ लाख ७५ हजार घुससहित २ जना पक्राउ

१ लाख ७५ हजार  घुससहित २ जना पक्राउ

पोखरा : सडक डिभिजन कार्यालय दमौलीका कम्युटर अपरेटरसिहत २ जना १ लाख ७५ हजार रुपैयाँ घुससिहत पक्राउ परेका छन्।&n..

‘कतै बाढी त कतै खडेरी’

‘कतै बाढी त कतै खडेरी’

पोखरा : तराईका अधिकांश जिल्ला यतिखेर बाढीको डुबानमा छन्। ठाउँठाउँमा बाढीपहिरोको समस्या पनि उस्तै छ। नेपालको चे..

विपत्तिमा सावधानी अपनाउन मुख्यमन्त्री गुरुङको आग्रह

विपत्तिमा सावधानी अपनाउन मुख्यमन्त्री गुरुङको आग्रह

कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राकृतिक विपत्तिमा सावधानी अपनाउन आम नेपाली दाजुभा..

पार्किङस्थलबाटै गाडी गायब 

पार्किङस्थलबाटै गाडी गायब 

कावासोती : पूर्वी नवलपरासीको कावासोतीबाट सुमो गाडप् चोरी भएको छ । कावासोती ३ का कुमार गुरुङको गाडी गयातिर सभापतिचोक..

नगरपालिकाको निर्देशन अटेर गरी आफूखुसी बिहानी कक्षा सञ्चालन

नगरपालिकाको निर्देशन अटेर गरी आफूखुसी बिहानी कक्षा सञ्चालन

बागलुङ: बागलुङ नगरपालिकाले नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयलाई शिशुदेखि कक्षा १२ सम्मको कक्षा दिउँसो चलाउन..