स्वयम्भूका डीएसपीलाई घुस दिन खोज्ने तीन जना पक्राउ



काठमाडौं : महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपीलाई घुस दिन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

गएराती डीएसपी सुधीरराज शाहीलाई घुस दिन खोज्ने सर्लाही हरिपुरका श्याम बिक, सुर्खेत हरिपुरकी दीपा राना र नुवाकोट ककनीका भरत तामाङ पक्राउ परेको प्रहरी प्रधान कार्यलयले जनाएको छ । 

प्रहरीका अनुसार बा५ख ४८४२ नम्बरको बस चालक श्याम ३ लाख घुस बोकेर डीएसपी शाहीकहाँ पुगेका थिए । यस्तै दीपा थप ५० हजार नगद लिएर भरतसँगै जाँदा उनीहरु पनि पक्राउ परेका हुन् ।  

झापाबाट काठमाडौं चल्ने बसमा अवैध कपडा ल्याउँदा प्रहरीले बरामद गरेको र सो छुटाउन उनीहरुले घुस दिन खोजेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्