अनाथ बालबालिकालाई सहयोग



काठमाडौं : सोसियल सस्टेनेबल युथ फाउन्डेसनले सङ्कलन गरेको रकमबाट शनिबार काठमाडौंको गौशालास्थित ज्येष्ठ नागरिक तथा बालबालिका सहयोग मञ्च नेपालमा रहेका १० अनाथ बालबालिकालाई शैक्षिक सामग्री तथा खाद्यान्न  सहयोग गरिएको छ । 

फाउन्डेसनका अध्यक्ष विनोद जोशीले सानो सहयोग पनि अनाथ बालबालिकालाई ठूलो काम लाग्ने भन्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्ययनमा विशेष ध्यान दिन उनले बालबालिकालाई आग्रह गरेका छन् ।  

‘सेवा नै धर्म हो, सबै एकवद्ध भई मित्रभावले शैक्षिक उत्थानका लागि जुटौँ’ भन्ने उद्देश्यले सहयोग गरिएको फाउन्डेसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्