कर्णाली नदीमा पौडी खेल्ने क्रममा दुईजना बेपत्ता



गुलरिया : बर्दियाको कर्णाली (गेरुवा) नदीमा पौडी खेल्ने क्रममा दुईजना बेपत्ता भएका छन् । कोठियाघाटस्थित नदीमा पौडी खेल्ने क्रममा उनीहरु बेपत्ता भएका हुन् ।

बाँके जिल्ला कोहलपुर निवासी १९ वर्षीय दीपेन्द्र कार्की र कैलाली जिल्ला लम्की निवासी १९ वर्षीय प्रज्ज्वल कोइराला पौडी खेल्दाखेल्दै बेपत्ता भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिए । 

बेपत्ता भएकाको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्