images

नियमित यौन सम्बन्धले फाइदा वा बेफाइदा के होला ?

द नेपालटप | प्रकाशित: २०७६-१-१ गते
नियमित यौन सम्बन्धले फाइदा वा बेफाइदा के होला ?

एजेन्सी : नियमित यौन सम्बन्धले फाइदा वा बेफाइदा के होला ? एक अध्ययन भन्छ, यसका धेरै फाइदाहरु छन् । यौन सम्पर्कले दप्मत्तीबिच सुमधुर सम्बन्ध स्थापित गर्दछ । यौन सम्बन्धले शारीरिक नजिक मात्र नभई भावनात्मक सन्तुष्टि र मायाको अनुभव गराउँदछ । त्यस्तै नियमित यौन सम्पर्कले शरीरलाई यस्ता हुन्छन् फाइदा :

१.यौनक्रियाले स्ट्रेस हर्मोनको स्राबमा कमी ल्याउँछ । यसले स्ट्रेस लेबल कम हुन्छ । चिन्तामुुक्त मानिसको जीवन सँधै खुशियाली रहन्छ ।

२. नियमित यौन सम्बन्धले दम्पत्तिको प्रजनन स्वास्थ्यमा सक्रियता आउँछ । यसबाट बच्चा योजना गर्न कुनै समस्या हुँदैन ।

३. नियमित यौन सम्बन्धले पेल्बिक मसल्सको यूरीन बहाव नियन्त्रण गर्ने शक्ति बढ्दछ । यसले मूत्राशय धेरै नियन्त्रित हुन्छ ।

४. नियमित यौन सम्बन्ध राख्नाले महिलाको महिनावारी नियमित हुन्छ । अनियमित महिनावारीको समस्या हट्छ ।

५‍ .यौन सम्बन्धले चरमोत्कर्षको अनुभव गराउँछ । यसले शरीरमा आक्सिटोसिन र एडोर्फिन हर्मोनको स्तर बढाउन मद्धत गर्छ ।

६. नियमित हुने यौन सम्बन्धले पेल्विक, आम्र्स, एब्डामिन, चेस्ट र बटकको छाला बलियो हुन्छ ।

७. यौनक्रियाको समयमा पसिना निकाल्नाले छालाको रोम छिद्र खुल्दछ । यसले त्वचा खुलेर सास लिन्छ र सँधै स्वस्थ हुन्छ ।

८. सातामा तीन चार पटक यौन सम्बन्ध राख्नाले मुटुलाई फाइदा गर्छ । रोग हुने खतरा कम गर्छ । यस्ता दम्पत्तिलार्य हृदयघात हुने संभावना कम हुन्छ ।

९. शरीरमा गुड कोलेस्ट्रोल र ब्याड कोलेस्ट्रोलको सन्तुलन कायम राख्न नियमित यौनसम्बन्ध महत्वपूर्ण मानिन्छ ।

१०. यौन सम्बन्धको समयमा चरमोत्कर्ष भन्दा पहिले शरीरमा इन्डोर्फिन हर्मोनको स्राव हुन्छ ।  यसले महिनावारीको समयमा हुने दुखाइ , अर्थराइटिसको दुखाइ, र टाउको दुख्ने समस्याबाट राहत मिल्दछ ।

११‍. एक मिनेट सम्म लगातार किस गर्नाले २६ कैलोरी खर्च हुन्छ । यो सँगै यौनक्रिया गर्दा २०० देखि ३०० कैलोरी खर्च हुन्छ । यसले मोटोपन कम गर्न मद्धत गर्छ ।

१२‍. स्वस्थ्य यौन जीवन भएका दम्पत्ति सँधै जवान देखिन्छन् ।

१३. हप्तामा तीन देखि चार पटक यौन सम्बन्ध राख्नाले शरीरमा इम्यूनोग्लोबिन नाम एन्टीबडीको स्राब सामान्य मानिस भन्दा ३० प्रतिशत धेरै हुन्छ । यसले रुघा, खोकी लाग्ने सम्भावनामा कमी ल्याउँछ ।

१४. यौनसम्बम्बन्धले तनाव र रिस कम गर्छ । त्यसैले यसलाई कम गर्न यौन जीवनलाई स्वस्थ्य बनाउन कोशिस गर्नुपर्छ ।

१५.छाला र कपालको लागि नियमित यौन सम्बन्ध फाइदाजनक मानिन्छ । यौनक्रियाको समयमा महिलाको शरीरमा एस्ट्रोजनको स्राब धेरै हुन्छ जसले छाला स्वस्थ र कपालमा चमक आउँछ ।

१६. डायबिटीज, ब्लडप्रेशर, मोटोपनबाट पीडित दम्पत्तिका लागि नियमित यौन सम्बन्ध राम्रो मानिन्छ । यसले ब्लडसुगर एवं लिपिड लेबल्सलाई नियन्त्रणमा राख्न मद्धत गर्छ ।

१७. हेल्दी सेक्स लाइफको मूडफ्रेश रहन्छ र आत्मबिश्वास बढ्दछ । त्यसैले यस्ता कपल्स प्रोफेशनल लाइफमा सफलता हासिल गर्दछन् ।

१८. नियमित यौन सम्बन्ध राख्ने दम्पत्तिको यौन क्षता बढाउन मद्धत गर्छ । यसबाट यौनक्रिया आनन्दमय हुन्छ

१९. नियमित यौन सम्बन्धबाट शारीरिक र मानसिकसन्तुष्टि मिल्दछ । यसले पति पत्नी बीचको सम्बन्ध अझ बलियो बनाउँछ ।

२०. नियमितको यौन सम्बन्धले पति पत्नी बीच माया र आफ्नोपन बढाउँछ ।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्यो एक वर्षे उपलब्धि

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्यो एक वर्षे उपलब्धि

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत आर्थिक वर्ष (२०७५र७६) मा भएका मुख्य उपलब्धिहरु सार्वजनिक गरेक..

चितवनमा छ महिनामा ५४ एचआइभी सङ्क्रमित

चितवनमा छ महिनामा ५४ एचआइभी सङ्क्रमित

चितवन : सन् २०१९ को छ महिनामा जिल्लामा ५४ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । जिल्लाको विभिन्न स्थानमा गरिएको सात ह..

नेकपा अध्यक्ष प्रचण्ड अस्वस्थ, चिकित्सक भन्छन्, ‘केहीदिन नबोल्नुस्’ 

नेकपा अध्यक्ष प्रचण्ड अस्वस्थ, चिकित्सक भन्छन्, ‘केहीदिन नबोल्नुस्’ 

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् । प..

कुनै खास चीज खानाले यौन सुख बढाउन सकिन्छ ?

कुनै खास चीज खानाले यौन सुख बढाउन सकिन्छ ?

कुनै खानाले तपाइको यौन सुख बढाउँछ, यदि यो कुराको प्रमाण मिल्ने हो भने सायद यो हात हातै किनिन्थ्यो होला अर्थात यो खा..

निद्रा लाग्दैन् ? यस्ता छन् मीठो निद्रा पार्ने ६ उपाय

निद्रा लाग्दैन् ? यस्ता छन् मीठो निद्रा पार्ने ६ उपाय

निदाउनु भनेको तकिया (सिरानी)मा टाउको राख्नु मात्रै होइन। विश्वका धेरै मानिसहरूलाई निदाउन गाह्रो हुन्छ। विश्वका ध..

टाउको दुखाइमा ‘पेनकिलर’ भन्दा राम्रो ‘बियर’

टाउको दुखाइमा ‘पेनकिलर’ भन्दा राम्रो ‘बियर’

‘मादक पदार्थ स्वास्थका लागि हानिकारक छ ।’ मादक पदार्थ सेवन गर्नु गैरकानुनी र असामाजिक मानिन्छ । मादक पद..