images

विद्यार्थीकाे खाजा समेत भ्रष्टाचारीले खाइदिए, साढे ४ करोडकाे अनियमितता

द नेपालटप | प्रकाशित: २०७६-१-२ गते
विद्यार्थीकाे खाजा समेत भ्रष्टाचारीले खाइदिए, साढे ४ करोडकाे अनियमितता

काठमाडौंः देशभरका सामुदायिक विद्यालयमा लागू भएको विद्यालय दिवा खाजा कार्यक्रममा व्यापक अनियमितता भएको पाइएको छ । महालेखापरीक्षकको ५६औं वार्षिक प्रतिवेदनअनुसार ४ करोड २८ लाख नियमसम्मत खर्च नभएको देखिएको छ ।

‘रामेछाप, ओखलढुंगा, ललितपुरलगायतका विद्यालयलाई निकासा दिएको ४ करोड २८ लाख रुपैयाँ नियमसम्मत नभएको देखिन्छ । उक्त निकासाबाट भएको खर्च सम्बन्धमा छानबिन गरी यकिन गर्नुपर्ने देखिन्छ,’ महालेखाले भनेको छ ।

महालेखापरीक्षकको प्रतिवेदनअनुसार शिक्षा विकास तथा समन्वय इकाइ झापाले निर्देशिकाविपरीत रकम बाँडेको देखिन्छ । लक्षित समूहका विद्यार्थीलाई दिवा खाजाको रकम दिनुपर्नेमा जिल्लाका ३ सय १३ प्राथमिक विद्यालयका १३ हजार ८ सय ६१ विद्यार्थीका लागि २ हजार ७ सय रुपैयाँका दरले ३ करोड ७४ लाख २५ हजार ७ सय रुपैयाँ निकासा दिएको देखिन्छ । निर्देशिकाविपरीत निकासा भएको रकम यकिन गरी असुल गर्नुपर्ने महालेखापरीक्षक प्रतिवेदनको निष्कर्ष छ ।

सामुदायिक विद्यालयका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालन कार्यविधि, २०७३ तथा कार्यक्रम कार्यान्वयन निर्देशिकाअनुसार तोकिएका १४ जिल्लाका सबै र अन्य जिल्लाका लक्षित समूहका बालबालिकालाई प्रतिदिन १५ रुपैयाँका दरले १ सय ८० दिनका लागि दिवा खाजा उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

सरकारले १३ लाख ५४ हजार विद्यार्थीलाई लक्षित गर्दै दिवा खाजा कार्यक्रम लागू गरे पनि सो कार्यक्रम लक्षित वर्गसम्म पुग्न सकेको छैन । याे खबर आजकाे राजधानी दैनिकमा छ ।

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

जनआन्दोलनका घाइते मुकेश तेह्र वर्षदेखि अर्धचेत

जनआन्दोलनका घाइते मुकेश तेह्र वर्षदेखि अर्धचेत

बनेपा : जनआन्दोलन विसं २०६२÷६३ को क्रममा घाइते भएका काभ्रेपलाञ्चोकको बनेपाका मुकेश कायस्थ अझै पनि अर्धच..

विद्यालयको सुधारको लागि राष्ट्रिय सम्मेलन हुने

विद्यालयको सुधारको लागि राष्ट्रिय सम्मेलन हुने

काठमाडौंः सार्वजनिक विद्यालयको सुधारको लागि भन्दै पहिलोपटक राष्ट्रिय सम्मेलन हुने भएको छ । सार्वजनिक विद्..

ग्यास व्यवसायीलाई वार्षिक ९६ करोड कमिसन थप

ग्यास व्यवसायीलाई  वार्षिक ९६ करोड कमिसन थप

काठमाडौंः आयल निगमले ग्यास उद्योगीलाई वार्षिक करिब ९६ करोड रुपैयाँ थप कमिसन दिने निर्यण गरेको छ । कमिसन वृद्धि..

वैदेशिक रोजगारीमा जाने नेपाली ३८ प्रतिशतले घट्यो

वैदेशिक रोजगारीमा जाने नेपाली ३८ प्रतिशतले घट्यो

काठमाडौंः स्वदेशमा रोजगारीका अवसर सिर्जना भएको नदेखिए पनि वैदेशिक रोजगरीमा जानेको संख्या घटेको छ । गत साउनदेखि..

चौकीदार नेपालबाट ल्याउँछाैं : भारतीय नेता हार्दिक पटेल

चौकीदार नेपालबाट ल्याउँछाैं : भारतीय नेता हार्दिक पटेल

काठमाडाैंः भारतको मुख्य विपक्षी पार्टी काँग्रेसका नेता हार्दिक पटेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना ग..