सिक्टा सिँचाइ अनियमितता प्रकरणः ठेकेदार र आयोजना प्रमुखको मिलेमतोमा गुणस्तरहीन निर्माण



काठमाडौंः ठेकेदार र कर्मचारीको मिलेमतोमा राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा कमसल निर्माण सामाग्रीको प्रयोग र गुणस्तरहीन काम भएको पाइएको छ । 

महालेखा परीक्षकको ५६ औँ प्रतिवेदनमा उक्त आयोजनाको मूल नहर भत्कनुको मुख्य कारण कमसल निर्माण सामाग्रीको प्रयोगलाई औँल्याइएको हो । ठेकेदार कम्पनी र आयोजना प्रमुखको मिलेमतोमा कमसल निर्माण सामाग्री प्रयोग गरिँदा मूल नहर भत्किएको महालेखाको ठहर छ ।

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा गठित छानबिन समितिलाई हवाला दिँदै महालेखाले १७ देखि ३५ किलोमिटर खण्डको मूल नहर भत्केको प्रतिवेदनमा उल्लेख गरेको छ । 

प्रतिक्रिया दिनुहोस्