याे गीतले ताेड्याे ‘ग्याङनम स्टाइल’को रेकर्ड,



एजेन्सी : दक्षिण कोरियाली पप गीत ब्यान्ड 'ब्ल्याक पिंक’ले सबैभन्दा कम समयमा सबैभन्दा धेरै पटक हेरिएको गीतको रेकर्ड तोडेको छ। यस गीत सबैभन्दा कम समयमा यूट्युबमा १० करोड भ्यूज कटाउने व्याण्ड बनेको छ। यो व्याण्डले विश्वमा चर्चा पाएको ग्याङनम स्टाइलका गायक ‘साई’ को रेकर्ड तोडेको हो।

ब्ल्याक  पिंकको ‘किल दिस लभ’ बोलको गीतले नयाँ रेकर्ड बनाएको हो। यो गीतले दुई दिन १४ घण्टामा ग्याङनम स्टाइलको गीतको रेकर्ड तोडेको हो। अपलोड भएको २४ घण्टामा यो गीतलाई ५६ दशमलव ७ लाख पटक हेरिएको थियो।

यो गीतले एक दिनमा धेरै पल्ट हेरिएको रेकर्ड बनाएको ‘अरिना ग्राण्डे’ को गीत ‘थ्यांक्यू’ को पनि रेकर्ड तोडेको छ।

प्रतिक्रिया दिनुहोस्