मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



गौशाला : बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ कालापानीमा मोटरसाइकल दुर्घटनामा परी आइतबार बेलुका एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी जिल्लाको सीतापुर नगरपालिका–५ बस्ने ३४ वर्षीय जीतेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए। सोही दुर्घटनामा परी सप्तरी सीतापुर–५ कै मोटरसाइकल चालक २५ वर्षीय दुर्गानन्द चौधरी गम्भीर घाइते भई उनको उपचार बर्दिवासस्थित जनसेवा अस्पतालमा भइरहेको छ ।

काठमाडौँबाट स ८ प ४३७६ नम्बरको मोटरसाइकलमा चढी दुवै जना सप्तरी जाँदै गर्दा बर्दिवास नपा–३ कालापानीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै गम्भीर घाइते भएका थिए । घाइते दुवैलाई बर्दिवासस्थित जनसेवा अस्पतालमा ल्याई उपचार गरिरहेको क्रममा मोटरसाइकलको पछाडि सवार जीतेन्द्रको उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए। 

प्रतिक्रिया दिनुहोस्