युरोपमा भीषण आक्रमण गर्ने ‘आईएस’ काे तयारी



एजेन्सी : आतंकवादी गतिविधि गर्दै आइरहेको इस्लामिक स्टेट (आईएस)ले युरोपमा भिषण आक्रमणको तयारी गरिरहेको खुलेको छ।  चार वर्षअघि फ्रान्सको राजधानी पेरिसमा गरिएको आक्रमण जस्तै आक्रमण आईएसले फेरि गर्ने तयारी गरेको एक बेलायती अखबारले आफ्नो रिर्पोटमा उल्लेख गरेको छ।

नोभेम्बर २०१५ मा पेरिसमा सांगितिक कार्यक्रम, रंगशाला, बारलगायतमा सँगसँगै भएको आक्रमणमा १ सय ३० जनाको मृत्यु भएको थियो। आईएसले सोही प्रकृतिको आक्रमणको तयारी गरिरहेको द सण्डे टाइम्सले जनाएको छ। 

समाचारअनुसार यसै वर्षको सुरुवातमा सिरियामा भएको आक्रमणका क्रममा आईएसका एक सदस्यबाट बरामद भएको हार्ड ड्राइभमा युरोप आक्रमणको तयारीका दस्ताबजेहरु फेला परेका हुन्। दस्ताबेजमा आईएसका नेता अबु बकर अल बगदादी र दोस्रो नम्बरका नेतालाई सम्बोधन गरिएको पत्र भेटिएको छ।

आइएस लडाकुका कमाण्डरहरुले आक्रमणको तयारी अवस्थाबारे जानकारी लेखेका छन्। साथै दस्ताबेजमा युरोपमा आतंककारी आक्रमण गर्न सहयोग गर्ने एक युरोपेली व्यक्ति बारेको जानकारी पनि राखिएको समाचारमा उल्लेख गरिएको छ।  

 

प्रतिक्रिया दिनुहोस्