मेरा फ्लप फिल्म नै सय कराेड क्लबका हुन्छन् : सलमान खान



एजेन्सी : बलिउडका सफल अभिनेता सलमान खानले आफूले अभिनय गरेकाे फिल्म प्रायः फ्लप नहुने र भए पनि उत्कृष्ट रहने बताएका छन्। पछिल्लाे समय उनी अभिनीत केही फिल्म फ्लप भइरहेका छन्। जवाफमा उनले यस्ताे प्रतिक्रिया दिएका हुन्।

उनले भने, 'मेरो असफल भएका चलचित्रले पनि सय करोड कमाएका छन् ।’ हालै एक मिडियामा दिएको अन्तर्वातामा उनको फ्लप चलचित्र र बक्स अफिस कमाईको विषयमा बहश चलाइएको थियो । त्यहाँ उनको असफल भएका चलचित्रहरुको विषयमा कुरा गरियो । उनी अभिनित ‘ट्युबलाइट’लाई असफल चलचित्र भनियो ।

सलमानले ‘ट्युबलाइट’को कुरालाई लिएर भने–‘मेरो यो चलचित्रले घरेलु बजारमा नै ११० करोड कमाएको थियो । तर, यो चलचित्र असफल भनियो । धेरैको चलचित्रले १०० करोडको व्यापार गर्न सक्दैनन्। सलमान आफ्नो चलचित्रले यति धेरै कमाउँदा पनि असफल भनिनु आफ्नो सफलता भएको बताएका छन् । उनले भने, ‘यो पनि मेरो सफलता हो। मलाई माया गर्ने सबैलाई धन्यवाद ।’

प्रतिक्रिया दिनुहोस्