भरुवा बन्दुक पड्कँदा युवकको मृत्यु



सोलुखुम्बु : जिल्लाको माप्यदुधकोशी गाउँपालिका-४ मा भरुवा बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ। प्रहरीका अनुसार आइतबार साँझ घरेलु भरुवा बन्दुक भर्ने क्रममा आफैँ पड्किएर काँकु डाँडागाउँका २० बर्षिया सुमन राईको मृत्यु भएको हो। बन्दुक भर्ने क्रममा पड्किएर पेटमा गोली लागेको प्रहरीले बताएको छ।

गम्भीर घाइते भएका राईको उपचारको लागि जिल्ला अस्पताल फाप्लु ल्याउँदै गर्दा आइतबार राती १ बजे बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक प्रदीप सुबेदीले जानकारी दिए। शवलाई हाल पोष्ट मार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्