यस्तो छ विश्वकपका लागि अष्ट्रेलियाको टिम, स्मिथ र वार्नरको ‘कमब्याक’



काठमाडौं : विश्वकपका २०१९ का लागि अष्ट्रेलियाले टोली घोषणा गरेको छ । अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीमा पुर्व कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरले पुनरागमन गरेका छन् ।

‘बल टेम्परिङ’ को आरोपमा प्रतिबन्धमा परेपछि स्मिथ र वार्नर पछिल्लो एक बर्षयता अष्ट्रेलियन टोलीमा थिएनन् । तर, प्रतिबन्ध फुकुवा भएसंगै स्मिथ र वार्नरले अष्ट्रेलियन टोलीमा बनाउन सफल भएका छन् ।

‘बल टेम्परिङ’ को कारण महिने प्रतिबन्ध खेपेका स्मिथ र वार्नरको प्रतिबन्ध जुन २६ बाट फुकुवा भएको थियो । दुवै खेलाडी अहिले भारतको इन्डियन प्रिमियर लिग (आईपीएल) मा व्यस्त छन् । 

स्मिथ र वार्नरले टोलीमा बनाउदा पिटर ह्यान्ड्सकम्प र जोस हाजलउड भने बाहिरिएका छन् । टोलीमा दुई स्पिनर एडम जाम्पा र नाथन लायन छन् भने पेश बलरहरु मिचेल स्टार्क, पेट कोमिन्स, जेसन बेहरेनडोर्फ जेई रिचर्डसन र नाथन कल्टर नाइल छन् ।

अलराउण्डरका ग्लेन म्याक्सबेल र मार्कस स्टाइनिस छन् भने विकेटकिपरमा एलेक्स केरी छन् । शन मार्स र उस्मान ख्वाजा पनि १५ सदस्यीय टोलीमा छन् । आरोन फिन्चको कप्तानीमा विश्वकप खेल्ने अष्ट्रेलिया पहिलो खेल अफगानिस्तानसँग छ  । विश्वकप इंग्ल्यान्ड र वेल्समा मे ३० बाट  हुनेछ  ।

प्रतिक्रिया दिनुहोस्