images

साइक्लिङमा आर्मी र प्रदेश ३ लाई स्वर्ण

द नेपालटप | प्रकाशित: २०७६-१-२ गते
साइक्लिङमा आर्मी र प्रदेश ३ लाई स्वर्ण

कोहलपुर : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत साइक्लिङमा पुरुषतर्फ त्रिभुवन आर्मी र प्रदेश ३ ले स्वर्ण पदक हात पारेका छन्। पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका ओकेशरत्न बज्राचार्य र महिलातर्फ प्रदेश ३ की लक्ष्मी मगरले स्वर्ण पदक जिते।

आर्मीका ओकेशरत्नले १ घन्टा २५ मिनेट ०९ सेकेन्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण जिते भने आर्मीकै हिमाल टमाटाले १ घन्टा २६ मिनेट ०९ सेकेन्डमा पूरा गर्दै रजत पदक जित्न सफल भए। यस्तै गण्डकी प्रदेशका हिक्मत विकले १ घन्टा २६ मिनेट ४४ सेकेन्डमा दूरी पार गर्दै कास्य पदक प्राप्त गरे।

यता महिलातर्फ स्वर्ण जित्न सफल लक्ष्मीले १ घन्टा २० मिनेट ५२ सेकेन्डमा दूरी पार गरिन्। गण्डकी प्रदेशकी उषा खनालले १ घन्टा ३३ मिनेट ३८ सेकेन्डमा दूरी पार गर्दै रजत र प्रदेश ३ की निर्जला ताम्राकाकरले १ घन्टा ३५ मिनेट ५६ सेकेन्डमा दूरी पार गर्दै कास्य पदक जितेको नेपाल साइक्लिङ संघ केन्द्रीय उपाध्यक्ष सुदीप पौडेलले जानकारी दिए।

सोमबार बैजनाथ–१, गाभरमा भएको साइक्लिङ विधाअन्तर्गतको क्रसकन्ट्री ओलम्पिकमा पुरुषतर्फ ५ ल्याप र महिलातर्फ ४ ल्यापमा प्रतियोगिता गराइएको थियो। उत्कृष्ट खेलाडीहरूलाई प्रदेश ५ सांसद आइपी खरेल, प्रदेश ५ खेलकुद विकास समिति अध्यक्ष भीम ओलीलगायतले मेडल, प्रमाणपत्र र मायाको चिनो प्रदान गरे।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

रोनाल्डो बालोन डी‘ओर नजिक !

रोनाल्डो बालोन डी‘ओर नजिक !

काठमाडौं : स्पेनिस मिडिया मार्काले इटालियन क्लब युभेन्टसका पोर्चुगिज स्ट्रार क्रिस्टियानो रोनाल्डो यस सिजनको ब..

क्यानमाथिको प्रतिबन्ध यथावत, जिम्बावे निलम्बनमा

क्यानमाथिको प्रतिबन्ध यथावत, जिम्बावे निलम्बनमा

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन यथावत राखेको छ।..

अफ्रिका कप नेशन्स फाइनल : सेनेगल र अल्जेरिया भिड्ने

अफ्रिका कप नेशन्स फाइनल : सेनेगल र अल्जेरिया भिड्ने

अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको उपाधिका लागि सेनेगल र अल्जेरिया भिड्ने भएका छन् । फाइनल खेल शुक्रबार राति..

तनहुँमा रङ्गशालाको डिपिआर तयार

तनहुँमा रङ्गशालाको डिपिआर तयार

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा निर्माण गर्न लागिएको रङ्गशालाको विस्तृत परियोजना प्रतिवे..

विश्वकप फुटबल छनोट : नेपालले पहिलो खेल कुवेतसँग खेल्ने

विश्वकप फुटबल छनोट : नेपालले पहिलो खेल कुवेतसँग खेल्ने

काठमाडौं : कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप फुटबल एसिया क्षेत्र छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले कु..

विश्वकप छनोट : नेपाल अष्ट्रेलिया रहेको कठिन समूहमा

विश्वकप छनोट : नेपाल अष्ट्रेलिया रहेको कठिन समूहमा

काठमाडौं : कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि एसियाको दोस्रो चरणको छनोटमा नेपाल कठिन समूहमा परेको छ।..