images

महासचिव पौडेलद्वारा ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’ उद्घाटन

द नेपालटप | प्रकाशित: २०७६-१-२ गते
महासचिव पौडेलद्वारा ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’ उद्घाटन

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले चीनको सियानस्थित सियान विश्वविद्यालयमा स्थापित ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’ को उद्घाटन गरेका छन् ।

सियान नगर सरकार (सियान म्युनिसिपल गभरमेन्ट) द्वारा स्थापित सो केन्द्रले चीन र दक्षिण एसियाली मुलुकहरुका बारेमा अनुसन्धान गर्दछ र नेपाललगायत दक्षिण एसियाली मुलुकहरुमा आर्थिक साझेदारीका माध्यमबाट आर्थिक विकास तथा लगानी प्रवर्द्धनका बारेमा अनुसन्धान गर्दछ ।

उक्त विश्वविद्यालयमा प्राध्यापनरत नेपाली प्राध्यापक डा. राजीवकुमार झा सो केन्द्रको निर्देशक हुन् । उनले दिएको जानकारीअनुसार उक्त अध्ययन केन्द्रले चीन र दक्षिण एसियाली देशहरुका आर्थिक, सामाजिक तथा अन्य विविध सम्बन्धका विषयमा अध्ययन अनुसन्धान गरी आर्थिक सम्भावनाहरुका बारेमा चीन सरकारलाई प्रतिवेदन प्रस्तुत गर्छ ।

उद्घाटन कार्यक्रममा चीनको साङ्सी प्रान्तीय कम्युनिष्ट पार्टीका नेताहरु, सो विश्वविद्यालयका पदाधिकारीहरु र उक्त केन्द्रको दक्षिण एसियाली देशका निर्देशकहरुको सहभागिता रहेको प्रा.डा. झाले जानकारी दिए । सो अवसरमा महासचिव पौडेलले नेपाल र चीनबीच प्राचीन कालदेखिकै सम्बन्ध रही आएको स्मरण गरे । उनले दुई देश एक अर्कोबाट लाभान्वित हुदै आएको प्रसङ्ग उल्लेख गर्दै नेपालको विकास प्रयासमा चीनको सहयोग र सद्भावको सराहना गरे ।

चीन नेपालको एक असल छिमेकी रहेको र नेपाल पनि एक चीन नीतिको पक्षमा रहेको महासचिव पौडेलले बताए । नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्याउँदै आएको सहयोगप्रति चिनियाँ जनता र चीन सरकारलाई उनले विशेष धन्यवाद ज्ञापन गरे । हाल चीनमा रहेका महासचिव पौडेल मङ्गलबार बिहान बेइजिङ पुग्ने र त्यहाँ उनको राजनीतिक भेटघाटको कार्यक्रम रहेको छ ।

अध्ययन केन्द्रका निर्देशक प्रा.डा. झाले चीन र दक्षिण एसियाली मुलुकहरु तथा विशेषगरी नेपाल र चीनबीचको सम्बन्धलाई अझ नजिक ल्याई थप प्रगाढ बनाउने काममा सहयोग पुर्याउने बताए । उनले भने, ‘हामी नेपाल र चीन सम्बन्धका हिसाबले धेरै नजिक छौँ तर पनि कुन क्षेत्रमा के कसरी लगानीका सम्भावनाहरुलाई अघि बढाउने भन्ने बारेमा अझै स्पष्ट हुन नसकेकोमा यस केन्द्रले आगामी दिनमा दुई देश एक अर्काबाट कसरी लाभान्वित हुन सक्छन् भन्ने बारेमा अनुसन्धान गर्नेछ ।’

प्राध्यापक झा करिब २२ वर्षदेखि चीनमा रहेका छन् । सियान विश्वविद्यालयमा प्राध्यापनरत प्राडा झाको नाममा सियान प्रान्तीय सरकारले चारवर्ष अघि ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीव कुमार झा’ स्थापना गरेको छ ।

उनलाई चीनको सियान सरकारले सन् २०१८ का लागि ‘सियान फ्रेण्डसिप अवार्ड’ नामको पुरस्कार पनि प्रदान गरेको थियो । चीनको सान्सी प्रान्तस्थित सियान सरकारद्वारा प्रत्येक दुई वर्षमा उक्त पुरस्कारका साथ ‘सियान एक्सिलेन्ट फरेन एक्सपर्ट अवार्ड’ प्रदान गर्ने गर्दछ ।

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

बँदेललाई थापेको धरापमा मान्छे, यसरी खुल्यो डरलाग्दो घटना

बँदेललाई थापेको धरापमा मान्छे, यसरी खुल्यो डरलाग्दो घटना

बुटवल : रुपन्देहीको तिलोत्तमा-११ मा गाडिएको अवस्थामा शव भेटिएको छ । प्रहरीले बरादम गरेको शव तिलोत्तमा-११ भूपू सैनिक..

जिउँदो मान्छेलाई मृत घोषित गरेपछि...

जिउँदो मान्छेलाई मृत घोषित गरेपछि...

कैलाली : डडेल्धुराको गन्यपाधुरा गाउँपालिका–१ साहुखर्कमा बुधबार भएको यात्रुबाहक बस दुर्घटना परि सामान्य घ..

कर नतिरेको भन्दै नवलपुरमा जलाइयो एनसेलको सिम

कर नतिरेको भन्दै नवलपुरमा जलाइयो एनसेलको सिम

कावासोती : कर नतिरेको भन्दै नवलपरासीमा युवाहरुले निजीक्षेत्रको मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेल एक्जियटाको सिमक..

घटुवा भएका केन्द्रीय सदस्यले जिल्ला सचिवबाट राजीनामा दिए 

घटुवा भएका केन्द्रीय सदस्यले जिल्ला सचिवबाट राजीनामा दिए 

रुपन्देही : सत्तारुट नेकपाको रुपन्देही सचिवमा मनोनित दधिराम शर्मा न्यौपानेले पदबाट राजीनामा दिएका छन्।  प..

मोटरेबल पुल आठ वर्षमा पनि बनेन, कछुवाको गति भन्दा सुस्त  

मोटरेबल पुल आठ वर्षमा पनि बनेन, कछुवाको गति भन्दा सुस्त  

लमजुङ : दुई वर्षमा बनिसक्नुपर्ने दोर्दीखोलामाथिको पुल आठ वर्षसम्म पनि पुरा हुन सकेको छैन ।  विसं २०६८ देख..

पाहुना आएकी किशोरीमाथि बलात्कार, युवक पक्राउ 

पाहुना आएकी किशोरीमाथि बलात्कार, युवक पक्राउ 

काभ्रेपलाञ्चोक : पन्ध्रवर्षे किशोरीलाई बलात्कार गरेको अरोपमा मण्डन देउपुर नगरपालिका–३ नयाँगाउँका एक युवक..