भारतमा प्रहरी र नक्सलबीच भिडन्त, ४ जनाको मृत्यु



एजेन्सी : भारतको झारखण्ड राज्यको बेल्भाघाट जङ्गल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपिएफ) र नक्सलबादीबीच सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा तीन जना नक्सल र एक जना प्रहरीको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार बिहान ६ बजे बेल्भाघाटको वन क्षेत्रमा दोहोरो भिडन्त भएको थियो ।

“दुर्भाग्यबस, भिडन्तमा एक प्रहरी जवानको पनि मृत्यु भयो,” सिआरपिएफले जनाएको छ । भिडन्तमा मारिएका नक्सलबाट प्रहरीले एउटा एके–४७ राइफल, तीन थान म्यागजिन, र चारवटा पाइप बम फेला पारेको छ । उक्त घटनाको थप विवरण आउनेक्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्