ताप्लेजुङमा कार दुर्घटना हुँदा २ जना घाइते 



ताप्लेजुङ : ताप्लेजुङ सदरमुकाम फुङ्लिङको हेलिप्याड गेट नजिकै भएको कार दुर्घटनामा २ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते दुबैको खतरामुक्त अवस्थामा तमोर अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख (डिएसपी) सञ्जयसिंह थापाका अनुसार हेलिप्याड गेट अगाडिबाट अनियन्त्रित भइ झरेको कार मेवाखोला हिल रिर्सोटको माथिपट्टीको पर्खालमा गएर अड्किएको छ।

बा२च ३०० नम्बरको कार दुर्घटनामा पर्दा चालक ललितपुर कुसुन्टी बस्ने टंक लिम्बू र उनीसँगै सवार कालीबहादुर तामाङ घाइते भएका हुन्। दुर्घटनामा लगत्तै प्रहरी र स्थानीयले उद्धार गरी उनीहरूलाई अस्पताल लगेका थिए। उनीहरू पाथीभरा मन्दिरको दर्शनका लागि हिँडेको जानकारी आफूले पाएको डिएसपी थापाले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्