विप्लव नेतृत्वको नेकपाकी पोलिटब्यूरो सदस्य भुजेल पक्राउ



गोरखा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी पोलिटब्यूरो सदस्य उमा भुजेललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई गोरखा नगरपालिका–८, आयुर्वेद चोक नजिकैबाट पक्राउ गरेको हो।

उनको साथबाट पार्टीका केही दस्तावेज र किताब बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले बताए। भुजेल पार्टीनिकट अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य पनि हुन। भुजेल २०५७ साल चैत १७ गते गोरखा जेलब्रेक गर्ने टोलीको नेतृत्वकर्ता पनि हुन। 

प्रतिक्रिया दिनुहोस्