नारायणी अस्पतालका मेडिकल सुपरीन्टेन्डेन्ट हकलाई कारबाहीको माग 



वीरगन्ज : नारायणी अस्पतलामा मेडिकल सुपरीन्टेन्डेन्ट (मेसु) डा. एनामुल हकलाई कारबाहीको माग गर्दै राजपा निकट राष्ट्रिय विद्यार्थी संघ पर्साले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ।

मेसु डा.हक र केही कर्मचारीका कारण अस्पतालको अवस्था दयनिय भएको भन्दै विद्यार्थी संघले सहायक प्रमुख जिल्ला अधिकारी नेत्रबहादुर शर्मामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो।

‘देशकै ठूलो अस्पतालमध्ये नारायणी अस्पताल पनि एक हो। यो अस्पताल पूर्ण रुपमा सरकारी अनुदानबाट चल्छ’, ज्ञापन पत्रमा भनिएको छ’, कम खर्चमा राम्रो उपचार हुन्छ भनेर निजी अस्पताल छाडेर दैनिक सयौंको संख्यामा बिरामीहरू उपचार गराउन आउछन।तर, मेसु र कर्मचारीले गर्दा अहिले अस्पतालका अवस्था दयनिय भएको छ।’

मेसु र केही कर्मचारीका कारण अस्पतालको सेवा सुविधा दिन प्रतिदिन खस्कदै गएकोले उनीहरूलाई कारवाहीको लागि स्थानीय प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको संघका जिल्ला अध्यक्ष मधुसुधन चौरसियाले बताए। अस्पतालमा मेसुले २२ लाख मुल्य पर्ने किलिया मेसिन गोप्य रुपमा साटासाट गरी व्यापक अनियमितता गरेको भन्दै चौतर्फी विरोध हुन थालेको छ।

प्रतिक्रिया दिनुहोस्