कर्णाली प्रिमियर लिग वैशाख ११ देखि, विजेतालाई ५ लाख 



सुर्खेत : कर्णाली प्रिमियर लिग (केपीएल) क्रिकेटमा सहभागी हुने टिम र पुरस्कार राशि घोषणा गरिएको छ। यही वैशाख ११ देखि २१ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा हुने दोस्रो संस्करणको विजेता टिमले ५ लाख र उपविजेताले दुई लाख पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ।

यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ५० हजार हात पार्ने छन्। यस्तै उत्कृष्ट बलर र ब्याट्सम्यानले समान २०–२० हजार पाउँदा प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले ३ हजार पाँच सय पाउने आयोजकले जानकारी दियाे। 

प्रतियोगितामा तीन विभागीयसहित आठ टिमको सहभागिता रहने आयोजक कर्णाली क्रिकेट एकेडेमीले जानकारी दिएको हो। प्रतियोगीतामा नेपाली सेनाको त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको (एपिएफ) नेपाल प्रहरीसहित झापाको लालिगुँरास क्रिकेट क्लब, महेन्द्रनगर क्रिकेट क्लब, मध्यपश्चिमाञ्चल क्रिकेट क्लब, हिमालय क्रिकेट एकेडेमी र कर्णाली–११ ले सहभागिता जनाउने छन्।

आयोजक संस्थाका अध्यक्ष रेशम शाहीका अनुसार एपिएफको नेतृत्व वसन्त रेग्मी, आर्मीको नेतृत्व विनोद भण्डारी, पुलिसको नेतृत्व मञ्जीत श्रेष्ठ, लालीगुराँस क्रिकेट क्लबको नेतृत्व मेहबुव आलम, महेन्द्रनगर क्रिकेट क्लबको नेतृत्व सुशील खड्का, मध्यपश्चिमाञ्चल क्रिकेट क्लबको नेतृत्व अजय साहनी, हिमालय क्रिकेट एकेडेमीको नेतृत्व सुरेन्द्र चन्द र कर्णाली–११ को नेतृत्व रविन्द्रजंग शाहीले गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्