खुकुरी प्रहार गरी हत्या



सल्यान : सल्यानमा एक व्यक्तिको शव भेटिएको छ। जिल्लाको कपुरकोट गाउँपालिका ६ खोलीगाउँका ४३ वर्षीय फौजबहादुर भण्डारीको बुधबार राती शव फेला परेको प्रहरीले जानकारी दिएको छ। कपुरकोट नगरपालिका ५ रिमस्थित तीनडाँडा भन्ने स्थानमा उनको शव फेला परेको बताइएको छ।

भण्डारीको टाउकोमा धारिलो हतियारले गहिरो चोट लागेकाले कसैले हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। प्रहरीका अनुसार बुधबार राती स्थानीयले शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए। भण्डारीका आफन्तहरू दाङ बस्दै आएका छन्।

उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल खलंगामा ल्याइएको छ। भण्डारी रोजगारीको सिलसिलामा प्रायः भारतमा बस्ने गर्दथे। घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक बीरेन्द्रबहादुर शाहीले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्