विकास निर्माण कार्यमा सबै पार्टी एकजुट : मुख्यमन्त्री राउत 



वीरगन्ज : प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माण कार्यमा सबै पार्टी एकजुट हुनुपर्ने बताएका छन्। वीरगन्ज महानगरपालिका वडा नम्बर १६ मा निर्माण हुन लागेको पार्कको शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले सबै पार्टी एउटै मिसन लिएर अघि बढे मात्र देश समृद्ध हुने उनले बताए।

विकास निर्माण कार्यमा पार्टीको सिद्धान्त र विचारबाटमाथि उठ्नुपर्छ’, मुख्यमन्त्री राउतले भने, ‘मैले कुनै पार्टीप्रति आरोप प्रत्यारोप गर्न खोजेको होईन, हामी सबै पार्टीको विचार र सिद्धान्तलाई सम्मान गर्छौ। तर, अहिले जनताले विकास चाहेका छन्, र विकास निर्माणको सवालमा सम्पूर्ण पार्टी एकजुट हनुपर्छ।’

उनले नगवामा बन्न लागेको पार्क पर्यटकीय स्थलको रुपमा विकसित हने बताए। मुख्यमन्त्री कोषबाट छुट्याएको करिब ८ करोड १२ लाखको लागतमा निर्माण हुन लागेको पार्कको शिलान्यस वडा नम्बर १६ का वडा अध्यक्ष श्यामबाबु चौरसियाले गरेका थिए।

यसैबीच नगवा पोखरीको शिलान्यास कार्यक्रम चलिरहँदा स्थानीय र राजनीतिक दलका नेताहरूले विरोध जनाएका थिए। बौद्धीमाई मन्दिर विकास क्षेत्रको जग्गामा पार्क निर्माण गर्न लागेको भन्दै उनीहरूले विरोध जनाएका हुन। 

प्रतिक्रिया दिनुहोस्