गोठमा आगलागी हुँदा ३ वर्षीय बालकको मृत्यु



बागलुङ : जिल्लाको पश्चिम निसीखोला गाउँपालिका २ छरछरेमा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ। स्थानीय बिमल सुनारको गोठमा आगलागी हुँदा उनका ३ वर्षीया छोरा विशाल सुनारको जलेर ज्यान गएको हो।

गोठमा बालबालिका मात्रै रहेका बेला अचानक गोठमा आगलागी हुँदा बालकको मृत्यु भएको वडाध्यक्ष कुवीर विकले जानकारी दिए। गोठ जलेर नष्ट हुँदा मानवीय क्षतिसहित तीन लाख बराबरको क्षति भएको छ। आगोलाई स्थानीयले नियन्त्रणमा लिएका छन्। 

प्रतिक्रिया दिनुहोस्