‘मेस्सी बालाेन डीओर २०१९ का एक्ला दाबेदार’



एजेन्सी : इंलिग्स क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले बार्सिलोनाका कप्तान मेस्सी अहिले नै सन् २०१९ को बालोन डीओरको प्रमुख दाबेदार भएको बताएका छन्। 

रियल मड्रिडको जिम्मेवारीसमेत सम्हालिसकेका माउरिन्होले क्रिस्टियानो रोनाल्डोको टिम युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिसकेकाले मेस्सी अब एक्लो दाबेदार रहेको बताए। 

उनले भने, ‘ च्याम्पियन्स लिग बालोन डि‘ओर अवार्डका लागि प्रमुख आधार हो। रोनाल्डो यस प्रतियोगिताबाट बाहिरिएसके भने मेस्सी अहिले पनि छन्,’ मलाई लाग्छ, मेस्सीले यसपटक बालोन डि‘ओर जित्छन्।’

मोउरिन्होले मेस्सीको अन्तिम परीक्षा अब लिभरपुसँगको खेलक्रममा हुने बताए। ‘मेस्सीले च्याम्पियन्स लिगमा उच्च प्रदर्शन गरिरहेका छन् । रोनाल्डोको टिम आउट हुँदा मेस्सीले आफ्नो टिमले अन्तिम चारमा लगे,’ मोउरिन्होले भने, ‘अब लिभरपुलसँगको खेल नै मेस्सीका लागि प्रमुख खुड्किलो हो ।’

यदि बार्सिलोनाले लिभरपुललाई हराएर च्याम्पियन्स लिग लिग जित्न सके मेस्सीले सबैजसो व्यक्तिगत अवार्डमा बाजी मार्ने बताए । ‘मेस्सी अहिले सबै हिसाबले अगाडि छन् । व्यक्तिगत प्रदर्शनका सिहाबले उनी अहिले नै बालोन डि‘ओरको दाबेदार भइसके,’ मोउरिन्होले भने, ‘मलाई लाग्छ, मेस्सीका लागि यो सिजन शानदार हुनेवाला छ ।’

प्रतिक्रिया दिनुहोस्