प्रधानमन्त्री भन्छन्, ‘गण्डकमा पानीजहाज चलाइन्छ र चल्छ पनि’



काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकमा पानीजहाज चलाउने सपना आफूले देखेकाले छिट्टै पूरा हुने बताएका छन् । शनिवार कावासोतीमा नवलपुर जिल्लाको नमुना सदरमुकाम शिलान्यास कार्यक्रममा उनले गण्डकमा पानीजहाज जसरी पनि चलाउने बताएका हुन् ।

‘तपाईंहरु कसैले माग गर्नुभएको थिएन गण्डकमा पानीजहाज चलाउनुपर्छ भनेर मैले भन्या हो । गण्डकमा पानीजहाज चलाइन्छ र चल्छ,’ ओलीले भने ।यो समाचार आजको नयाँ पत्रिका दैनिकमा ज्ञानु पंगेनीले लेखेका छन् ।  

प्रतिक्रिया दिनुहोस्